Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

काठमाडौं  – देशभर चिसो बढेको छ । तराईका जिल्लामा शीतलहर र उच्च पहाडी तथा हिमाली जिल्लमा बाक्लो हिमपात सुरु भइसकेको छ । चिसोमा स्वास्थ्यको ख्याल गर्न नसके हृदयघात हुने खतरा धेरै हुने डाक्टरले बताएका छन् । मुटु रोग विशेषज्ञ डा. प्रेमराज वैद्यका अनुसार चिसोले हृदयघात र मुटुरोग बढाउँछ ।

चिसोले शरीरका नसा खुम्चिने हुनाले हृदयघातको सम्भावना भएकामा हृदयघात, मस्तिष्क घात हुने र मुटु बिगे्रका बिरामीलाई निमोनिया, उच्च रक्तचापको समस्या बढी हुने डा. वैद्यले बताउनुभयो  ।

विभिन्न अध्ययनले पनि चिसो समयमा नै हृदयघात हुने र मुटुका बिरामी समस्यामा पर्ने गरेको देखाएको छ । चिसोले फोक्सोमा असर गर्ने हुँदा रक्तसञ्चार प्रवाहमा असर पर्न जान्छ । जसले गर्दा मुटुका रोगीलाई समस्या हुने उहाँले बताउनुभयो ।

यस्तै जाडो महिनामा नै श्वासप्रश्वास नलीबाट ब्याक्टेरिया पनि छिर्ने र यसले फोक्सोमा समेत संक्रमण हुने र मुटुमा थप समस्या पर्ने डाक्टरले बताएका छन् । चिसोमा कतिपयले बढी नुनिलो, चिल्लो र चुरोट खाने गरेकाले पनि  मुटुको रक्तचाप बढ्ने गरेको पाइएको छ ।

डाक्टरहरुका अनुसार खानपानमा ख्याल गरी न्यानो कपडा र झोलिलो खाने कुरा खाए जाडो महिनामा लाग्ने सम्भावित रोगबाट बच्न सकिन्छ ।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया