Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

कञ्चनपुर – साताअघि उपचारका लागि महाकाली अञ्चल अस्पताल पुर्याइएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १० वञ्जरियाका ६८ वर्षीय फूलराम चौधरीको रेबिजका कारण मृत्यु भएपछि त्यस क्षेत्रका जनाबरदेखि मानिसलाई एन्टिरेबिज भ्याक्सिन लगाउन थालिएको छ ।

अस्पताल पुर्याइएका ती वृद्धको रेबिजको संक्रमणका कारण मृत्यु भएको चिकित्सकले पुष्टी गरेपछि परिवारका सबै सदस्यले एन्टिरेबिज भ्याक्सिन लगाउन थालेका हुन् ।  रेबिजको संक्रमण हुनाका कारण नखुलेपनि घरमै पालिएको कुकुरबाट रेबिजको संक्रमण भएको हुनसक्ने आशंका गरिएको छ ।

शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुखसहितको टोलीले रेबिज भएका परिवारसँगको भेटपछि जनावर र परिवारका सदस्यलाई एन्टिरेबिज भ्याक्सिन निःशुल्क लगाउने व्यवस्था गरेको छ ।  परिवार र छिमेकी गरी दशजनालाई महाकाली अञ्चल अस्पतालमा एन्टिरेबिज भ्याक्सिन लगाउने कार्य भइरहेको नगर प्रमुख दिलबहादुर ऐरले बताउनुभयो ।

पशु शाखा कार्यालयका पशु विकास अधिकृत तारादत्त अवस्थीले उक्त घरका परिवार, घर पालुवा जनाबर र सो क्षेत्र वरिपरि भ्याक्सिन लगाउन छुटेका घरपालुवा र भुस्याहा कुकुरलाई पनि भ्याक्सिन लगाउने कार्य भइरहेको बताउनुभयो । रेबिजको संक्रमणपछि यस क्षेत्रका बासिन्दा त्रस्त भएका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया