Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

काठमाडौं – सरकारले मिर्गौला फेल भएका, क्यान्सर र स्पाइनल इन्जुरीका कारण प्यारालाइसिस भएका बिरामीलाई मासिक ५ हजार भत्ता दिने तयारी गरेको छ ।

स्वास्थ्य मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री दीपक बोहराले यस्ता बिरामीको दैनिक जीवनयापनलाई सहज बनाउन ५ हजारका दरले जीविकोपार्जन भत्ता दिने तयारी गरिएको बताउनुभयो ।

‘क्यान्सर, मिर्गौला र स्पाइनल इन्जुरी लगायतका जटिल रोगबाट पीडित बिरामीहरुलाई सरकारले उपचारमा सहुलियत पुर्याउँदै आएको छ’, मन्त्री बोहराले भन्नुभयो, ‘यस्ता रोग लागेका बिरामीहरुको दैनिक जीवनयापन कष्टकर हुने भएकाले जीवन निर्वाहका लागि मासिक ५ हजार भत्ताको व्यवस्था गर्ने मन्त्रालयबाट निर्णय भएको छ।’

मन्त्री बोहराले मन्त्रालयबाट भएको निर्णयलाई आगामी मन्त्रिपरिषद्मा पेस गर्ने जानकारी दिनुभयो । मन्त्री बोहराका अनुसार देशभरमा यस्ता बिरामीको संख्या करिब १७ हजार रहेको र यी बिरामीका लागि दिने भनिएको रकम चुरोट तथा सूर्तीजन्य पदार्थ र मदिरामा थप कर लगाई व्यवस्थापन गरिनेछ ।

सरकारले हाल क्यान्सर र स्पाइनल इन्जुरीका बिरामीलाई उपचारका लागि एक लाख रुपैयाँ सहयोग गर्दै आएको छ । यस्तै, मिर्गौलाका बिरामीका लागि निःशुल्क डायलाइसिस र प्रत्यारोपण गर्नुपरेमा प्रत्यारोपण गर्ने अस्पताललाई चार लाख र बिरामीलाई प्रत्यारोपण अगाडि परीक्षणका लागि ५० हजार र प्रत्यारोपणपछि औषधि उपचारका लागि एक लाख सहयोग दिने गरेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया