Deneme Bonusu Veren Siteler
मंगलबार, पौष ०९, २०८१
Tuesday, December 24, 2024
काठमाडौं– प्रधानमन्त्रीको चार दिने भारत भ्रमणमा भएको द्विपक्षीय लगानी प्रवद्र्धन एवं संरक्षण सम्झौता (बिपा)बारे प्रतिपक्षी दलभन्दा आफ्नै पार्टी माओवादी उपाध्यक्ष मोहन वैद्य समूह कठोर भएको छ ।
सम्झौताप्रति कांग्रेस बरु निकै नरम देखिएको छ । विदेशी लगानीको विरोध गर्ने माओवादीले नै कांग्रेसको लाइनअनुसार विदेशी लगानी चाहेकोमा उ खुशी देखिएको हो । प्रधानमन्त्रीले भ्रमणका क्रममा भारत सरकारसंग गर्नुभएको बिपा सम्झौताको स्वागत गर्दै कांग्रेस महामन्त्री विमलेन्द्र निधिले भने, ‘सम्झौता नेपाली कांग्रेसको चाहाना अनुसार नै भएको हो ।’
बिपा सम्झौता बिदेशी लगानीलाई सुरक्षित तुल्याउन अन्तर्राष्ट्रिय प्रचलन अनुसार भएकोले त्यसको अनावश्यकरुपमा बिरोध भइरहेको समेत उल्लेख गरे । बिपा सम्झौता पहिलेदेखि चर्चा चल्दै आएकोले जसको सरकार भए पनि गर्नुपर्ने सम्झौता भएकोले यसको सबैले स्वागत गर्नुपर्ने धारणा नेता निधिको छ ।
कांग्रेस यति नरम हुँदा पनि वैद्य समूह भने सडकमै उत्रिएको छ । उसले चार दिने भारत भ्रमणबाट थाकेर आएका प्रधानमन्त्री विमानस्थलबाट बाहिरिनेवित्तिकै कालोझण्डामात्र देखाएन, राजीनामासमेत माग्यो ।
विरोध किन त ? महासचिव रामबहादुर थापा ‘बादल’ भन्छन्, ‘प्रधानमन्त्रीले पार्टीको नीति र निर्णय विपरीत सो सम्झौता गरेकाले उहाँलाई अनुशासनको कारबाही हुन्छ । तत्काल सम्झौता खारेज नगरे यसले भयावह रुप लिन सक्छ ।’ थापाले प्रधानमन्त्री जानुभन्दा अघिल्लो दिन पार्टी स्थायी समितिको वैठकले तोकेरै विपा सम्झौता गर्न नहुने निर्णय गरेको जिकिर गरे ।
यता उद्योग मन्त्री अनिलकुमार झाले नेपाल र भारतबीच भएको लगानी संरक्षण र प्रवद्र्धनसम्बन्धी सम्झौता (बिपा) सकारात्मक रहेको र यसले भारतीय लगानी भित्र्याई नेपालमा रोजगारी बढाउन महत्वपूर्ण योगदान पुर्‍याउने बताए ।
भारतले विश्वका ७० मुलुकसँग विपा सम्झौता गरेको र अन्य १० मुलुकसँग सम्झौता गर्ने तयारी गरिरहेकामा नेपालले गर्दा कुनै आपत्ति नपर्ने मन्त्री झाको भनाइ थियो । नेपालले अरु मुलुकसँग गरेको सम्झौता भन्दा भारतसँग गरिएको यो सम्झौताको ढाँचा सबैभन्दा उत्तम भएको उनको भनाइ छ ।
तपाईको प्रतिक्रिया