काठमाण्डौ- निर्माणको सम्पुर्ण काम सकेर प्रदर्शनको तयारीमा रहेको नेपाली कथानक चलचित्र शिरफुलको शीर्षगीत शिरैमाथि शिरफुल सार्वजनिक गरिएको छ । शिरफुलको यस गीतमा देवराज आले मगर र तारा श्रीस मगरको स्वर रहेको छ भने शब्द राजु थापा संगीत देवराज आलेमगर र एरेन्ज रिकेश गुरुङले गरेका छन् ।
बढ्दो आधुनिकताको प्रभावसँगै युवापुस्तामा देखिएको विविध खाले विकृतिलाई उजागर गर्दै त्यसको निराकरण पहिल्याउन सहयोग पुग्ने विषयवस्तु समेटिएको छ । नयाँ पुस्तामाझ प्रेम, मौलिकता तथा कला संस्कारलाई फेसनका रुपमा लिने चलनको बढ्दो विकृतिसँगै यसबाट समाजमा देखिएको नकारात्मक प्रभावको चित्रण चलचित्र शिरफुलमा गारिएको छ । नेपाली दर्शंकको लागि एक उत्कृष्ट मौलिक चलचित्र बनेकोले दर्शकहरुले मन पराउने विश्वास निर्माताले लिएका छन् ।
मगर्स क्रियशन इन्भेष्टमेन्ट कम्पनी र पर्फमिङ आर्ट क्रियशनको संयुक्त प्रस्तुति रहेको शिरफुलको निर्माता आर्शिवाद पुन मगर रहेका छन् भने चलचित्रलाई निर्देशन कमल ऐक्चै मगरले गरेका छन् । चलचित्रको टेलर पनि छिट्टै नै सार्वजनिक हुने भएको छ । विश्वका विभिन्न देशहरुमा च्यारिटिको अन्तिम तयारीमा रहेको शिरफुलले देशैभरिका हलहरुमा प्रदर्शनको लागि मिति भने छिट्टै पत्रकार सम्मेलन गरि जानकारी दिने कुरा निर्माण स्रोतले जनाएको छ । भिडियो सहित