मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

काठमाडौं – नेकपा एमाले स्थायी कमिटीको शुक्रबार बसेको बैठकले पहिलोचरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवारको नाम तय भएको छ ।

बैठकले नेकपा एमाले र नेकपा माओवादी-केन्द्रको संयुक्त कार्यदलको प्रस्ताव तथा पार्टी एकता संयोजन समितिको निर्णय अनुसार दुई पार्टीबीच भएको निर्वाचन क्षेत्र बाँडफाँटलाई अनुमोदन गरेको छ । साथै बैठकले प्युठान र बाग्लुङमा राष्ट्रिय जनमोर्चासँग पनि तालमेलका साथ अगाडि बढ्ने निर्णय गरेको छ ।

यी हुन् उम्मेदवार..

दार्चुला– प्रतिनिधिसभा–  गणेशसिंह ठगुन्ना
 प्रदेशसभा १…–   वीरबहादुर ठगुन्ना
बाजुरा–  प्रतिनिधिसभा – लालबहादुर थापा
प्रदेशसभा –१   बलदेव रेग्मी
प्रदेशसभा – २  प्रकाश शाह
बैतडी– प्रतिनिधिसभा–   दामोदर भण्डारी
प्रदेशसभा २– लीलाधर भट्ट
बझाङ– प्रतिनिधिसभा– भैरवबहादुर सिंह
प्रदेशसभा– अर्जुन थापा
डोल्पा– प्रतिनिधिसभा – धनबहादुर बुढा
प्रदेशसभा– १ नन्दसिंह बुढा
मुगु– प्रतिनिधिसभा–  गोपाल बम
प्रदेशसभा–१   दानसिंह परियार
प्रदेशसभा– २  चन्द्रबहादुर शाही
जुम्ला– प्रदेशसभा –२  पदमबहादुर रोकाया
कालिकोट–प्रदेशसभा –१ कुर्मराज शाही
जाजरकोट प्रदेशसभा–१ नीरज आचार्य
प्रदेशसभा– २  करवीर शाही
मुस्ताङ– प्रतिनिधिसभा– प्रेमप्रसाद तुलाचन/महेन्द्र थकाली
प्रदेशसभा– १ इन्द्रधारा बिष्ट
प्रदेशसभा– २ प्रेमप्रसाद तुलाचन/महेन्द्रबहादुर थकाली
मनाङ– प्रतिनिधिसभा– पोल्देन छोपाङ गुरुङ
प्रदेशसभा– २ खण्डा लामा गुरुङ
प्रदेशसभा– १ दोर्जे डण्डुल गुरुङ
म्याग्दी– प्रतिनिधिसभा– भूपेन्द्रबहादुर थापा
प्रदेशसभा– २  नरदेवी पुन
लमजुङ– प्रदेशसभा – १ धनञ्जय दवाडी
प्रदेशसभा २– पृथ्वीसुब्बा गुरुङ
गोरखा– प्रदेशसभा १ को २– रामशरण बस्नेत
रसुवा– प्रतिनिधिसभा – १ जनार्दन ढकाल
प्रदेशसभा– १ कन्र्याल तामाङ
नुवाकोट– प्रतिनिधिसभा १ (प्रदेशसभा २) वद्री मैनाली
प्रतिनिधिसभा २ – नारायणप्रसाद खतिवडा
प्रदेशसभा –१  केशव पाण्डे
धादिङ– प्रतिनिधिसभा– १ भूमि त्रिपाठी
प्रदेशसभा– १ राजेन्द्रप्रसाद पाण्डे
प्रतिनिधिसभा –२ खेम लोहनी
प्रदेशसभा १– डा. रामकुमार अधिकारी
पाँचथर– प्रतिनिधिसभा– वसन्त कुमार नेम्बाङ
प्रदेशसभा –१ गणेशकुमार काम्बाङ
ताप्लेजुङ– प्रतिनिधिसभा– योगेश कुमार भट्टराई
प्रदेश १ – बलबहादुर साम्सोहाङ
संखुवासभा– प्रतिनिधिसभा– राजेन्द्र गौतम
प्रदेशसभा २–तुलसी न्यौपाने
भोजपुर– प्रदेशसभा १ राजेन्द्रकुमार राई
प्रदेशसभा २ शेरधन राई
ओखलढुङ्गा– प्रतिनिधिसभा – यज्ञराज सुनुवार
    प्रदेशसभा –१ अमिरबहादुर गुरुङ
सोलुखुम्बु– प्रदेश १ –मानवीर राई
प्रदेशसभा २– वुद्धिकुमार राजभण्डारी
खोटाङ– प्रतिनिधिसभा– विशाल भट्टराई
प्रदेशसभा –१ राजन राई
रामेछाप– प्रदेशसभा १– शान्तिप्रसाद पौडेल
प्रदेशसभा २ – कैलाश ढुङ्गेल
बाग्लुङ जिल्लामा राष्ट्रिय जनमोर्चासँगको परामर्शमा तथा सिन्धुपाल्चोक जिल्लाका हकमा नेकपा (माओवादी–केन्द्र) सँग थप परामर्श गरेपछि उम्मेदवार घोषणा गरिने बताइएको छ ।

 

तपाईको प्रतिक्रिया