Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024
रियलइस्टेट क्षेत्रको  व्यवसायिक समूह बृहत ग्रूपले स्थापनाको एक दशकको अबसरमा  विभिन्न औपचारिक तथा अनौपचारिक कार्यक्रमहरु आयोजना गर्दै ‘वृहत दिवस’ मनाएको छ ।
असोज २२ गते नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा गू्रपले रक्तदान कार्यक्रम आयोजना गरेको थियो, जसमा कम्पनीका सदस्यहरुका साथै अन्य सर्वसाधारण समेत गरी कुल ७९ जनाले सहभागिता जनाए । बृहतले स्थापनाको पहिलो वर्ष गाँठदेखि नै प्रत्येक वार्षिकोत्सवमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ ।
नेपाली रियल इस्टेट क्षेत्रका  व्यवसायी ओम राजभण्डारीको नेतृत्वमा संचालित बृहत ग्रूप अन्तर्गत हाल बृहत इन्भेष्टमेन्ट्स (बीआई), बृहत डेभलपर्स एण्ड बिल्डर्स (बीडीबी), पायोनियर बिल्डर्स एण्ड डेभलपर्स (पीडीबी), बृहतप्रोपर्टी सोलुसन्स (बीपीएस), स्वयम्भू होटल्स एन्ड अपार्टमेन्ट र अन्तरप्रेरणा गरी ६ कम्पनीहरु संचालित छन् ।यी मध्ये बीआईले परियोजना विकास, बीडीबीले निर्माण, पीडीपीले डिजाइन तथा सुपरभिजन, बीपीएसले प्रोपर्टी (घर–जग्गा) विक्री व्यवस्थापन र स्वयम्भु होटल्सले रेन्टल होम अपार्टमेन्ट सेवा लगायतको काम गरिरहेको छ  
रियल इस्टेटसँग प्रत्यक्ष सम्बन्धित काम गर्ने यी पाँच कम्पनी बाहेक बृहत ग्रूप अन्तर्गतको सबैभन्दा पछिल्लो कम्पनी ‘अन्तरप्रेरणा’ भने उद्यमशील व्यक्तिलाई व्यवसाय संचालन तथा सफलताका लागि आवश्यक वित्तिय सहायता देखि व्यवस्थापन, मेन्टोरशीप, व्यवसाय अभिबृद्धि लगायतमा सघाउँदै नेपालमा उद्यमशीलता विकास र युवा उद्यमीहरु उत्पादन गर्ने उद्देश्य राखेको छ ।
ग्रूपका अध्यक्ष राजभण्डारीको नेतृत्वमा हालसम्म काठमाडौं उपत्यका भित्र तथा बाहिर गरी दर्जनौँ आवास परियोजनाहरु सफलता पूर्वक सम्पन्न भइसकेका छन् ।
‘बृहत ग्रूप आउने दिनमा  प्रिमियम रेजीडेन्सी विकासमा केन्द्रित रहने कम्पनीले जनाएको छ । जसमा डिजाइन, निर्माण गुणस्तर, निर्माण सामग्री, वर्कम्यानसीप, मेन्टीनेन्स फ्रि आवास आदि कुराहरुको उत्कृष्ट संयोजन हुनेछ,’  सोमबार आयोजित औपचारिक वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै ग्रूपका कार्यकारी अध्यक्ष ओम राजभण्डारीले भन्नुभयो, ‘यस्तै अब शहरी पूर्वाधारको निर्माण लगानीगरि राष्ट्रको विकास निर्माणमा सहभागी हुने, निर्माण कार्यलाई अझ व्यवस्थित गर्न (वयेर हाउसको रुपमा) सम्पुर्ण कामदार मजदुरहरुलाई एउटै छानामुनि गुणस्तरीय वातावरणमा आवासको व्यवस्था गरि सोही स्थानमा विभिन्न स–साना उधोग व्यवसाय संचालन र निर्माणको गुणस्तरको परिक्षण गर्न सक्ने प्रयोगशाला बनाउने तथा सिनियर सिटिजन केयर होम विकास गर्ने नीति पनि ग्रूपले अबलम्बन गर्ने क्रममा रहेको छ ।’
बृहत ग्रूपले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल एम्बुलेन्स सर्भिस (१०२) र हस्पिस नेपाल जस्ता परोपकारी सामाजिक संस्थाहरुलाई स्थापनाकाल देखि नै आर्थिक , प्रशासनिक तथा अन्य सहयोग प्रदान गर्दै आएको छ । सोही क्रममा यस वर्ष कम्पनीले
नेपाल एम्बुलेन्स सर्भिसलाई ६ लाख नगद प्रदान गरेको छ भने हस्पिस नेपालको नयाँ बन्ने भवनको ड्रइङ डिजाईनको लागत पनि व्यहोरि दिएको छ ।
तपाईको प्रतिक्रिया