Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
पोखरा-मुक्तिनाथ दर्शन गर्न जाँदै गरेका १८ यात्रु बोकेर पोखराबाट उडेको अग्नि एयरको ‘चार्टर्ड’ जहाज सोमबार बिहान जोमसोम विमानस्थलनजिक दुर्घटना हुँदा चालकदलका दुईसहित १५ जनाको मृत्यु भएको छ। एयर होस्टेससहित ६ जनाको जीवितै उद्धार भएको छ।
मृत्यु हुनेमा क्याप्टेन प्रभूशरण पाठक, को-पाइलट सुमन डंगोल महर्जन र १३ भारतीय तीर्थयात्रु छन्। एयर होस्टेस रोशनी हाइजु, डेनमार्कका दुई र तीन भारतीय घाइते छन्। भारतीय र डेनिसको पोखरा मणिपाल शिक्षण अस्पताल तथा हाइजुको ललितपुरस्थित बिएन्डबी अस्पतालमा उपचार भइरहेको छ। सेनाको हेलिकोप्टरले सबै शव पोस्टमार्टमका लागि राजधानी लगेको छ।
बिहान ९:३० मा उडेको ९एन-एआइजी कलसाइनको जहाज९:४६ बजे जोमसोम विमानस्थल उत्तरपट्टिको डाँडामा ठोक्किएको हो। घटनास्थल विमानस्थलबाट करिब ५ सय मिटर उत्तर अग्लो डाँडामा पर्छ।
मुस्ताङका प्रजिअ लक्ष्मीराज शर्माले ११ को घटनास्थलमै र चारको उद्धारपछि मुस्ताङ अस्पतालमा उपचार क्रममै मृत्यु भएको जानकारी दिए। सेना, प्रहरी र स्थानीय तत्कालै उद्धारमा जुटेकाले घाइतेलाई लगत्तै पुगेको तारा एयरको जहाजले पोखरा ल्याउन सकेको थियो।
‘नेपालको कुनै पनि हवाई दुर्घटनामा यति छिटो उद्धार कहिल्यै भएको थिएन,’ प्रजिअले भने, ‘१५ मिनेटभित्रै घटनास्थल पुगेर उद्धार गर्दा पनि जीवितै फेला परेका चारलाई बचाउन सकिएन।’
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार भारतीय यात्रु के चैतन्य, एसके अरोरा, एम होन्डा, एमके अरोरा, आर होन्डा, केओ अरोरा, टि सचदेव, जि सचदेव, सानाइम सुधार, लथा इकाम्बादी, जि रमण, श्रीमान कुमार र श्रीमती कुमारको दुर्घटनामा मृत्यु भएको छ। घटनालगत्तै उद्धार गरिएका घाइतेलाई ताराको जहाजले ११:२० बजे पोखरा विमानस्थल र त्यहाँबाट सिम्रिक एयरको हेलिकोप्टरले सिधै मणिपाल अस्पताल पुर्‍याएको थियो। घाइतेमध्ये एक भारतीयको अवस्था गम्भीर छ। अन्य खतरामुक्त छन्। एयर होस्टेस हाइजुको तिघ्राको हड्डी भाँचिएकाले थप उपचारका लागि राजधानी लगिएको छ।
फ्लाइट कनेक्सन ट्राभल एजेन्सीले मुक्तिनाथ दर्शन गर्न जाने तीर्थयात्रुका लागि सोमबार अग्नि एयरका १४ उडान बुकिङ गरेको थियो। उनीहरूलाई अग्निका दुई जहाजले जोमसोम ओसार्दै थिए। तीमध्ये उक्त जहाज ८ औं उडानका बेला दुर्घटनामा परेको हो। दुर्घटनापछि सोमबारका बाँकी सबै उडान रद्द गरिएको अग्निले जनाएको छ।
मुस्ताङका प्रजिअ शर्माले चट्टानमा ठोक्किएर जहाज केही टुक्रा भए पनि शव चिनिने अवस्थामै रहेको बताए। हिउँले बनाएको खोचमा जहाजका टुक्रा र केही शव परेकाले उद्धारमा केही कठिनाइ भएको थियो। पहिले जहाजको अगाडिको भाग ठोक्किएछ,’ उनले भने, ‘त्यसपछि पखेटा पनि ठोक्किएर झरेको छ।’
अग्निका पोखरास्थित स्टेसन म्यानेजर रिजन रिजालका अनुसार सोमबार सोही जहाज पाइलट तेञ्जिङ लामाले उडाएका थिए। लामाले पोखरा-जोमसोम रुटमा पाँचपटक उडाएपछि जहाज पाठकले उडाउन थालेका थिए।
घटनालगत्तै सेना, प्रहरी र स्थानीय पुग्दा केही जहाजभित्रै च्यापिएका र केही पाखामा छरिएका थिए। उद्धारमा संलग्न सुरक्षाकर्मीका अनुसार घाइतेहरू चिच्च्याइरहेका थिए। घटनाको पाँचै मिनेटमा उच्चशिखर सैनिक शिक्षालयबाट सेना, जिल्ला प्रहरी कार्यालयबाट प्रहरी र स्थानीय घटनास्थल पुगेका थिए।

दुर्घटनामा बाँच्ने के भन्छन्र
?
बाँच्न सफल डेनमार्कका दुई पर्यटक चारदिने जोमसोम यात्रामा थिए। जहाजको पछिल्लो सिटमा बसेका एनोरिज रास्च र एमिली फ्रिज्स जर्गेन्सनले आइतबारमात्र पोखराको फ्लाइट कनेक्सनबाट टिकट लिएका थिए। दुर्घटनामा परेलगत्तै जहाजको खुलेको इमर्जेन्सी ढोकाबाट हाम फालेर उनीहरू बाँचेका हुन्। उनीहरूले जहाजको दायाँ पखेटा ढिस्कोमा ठोक्किएको देखेका थिए।
‘अवतरण गर्नै लागेको जहाज अचानक माथि उड्यो, अनि मोडिएर फर्किने क्रममा पखेटाले डाँडो छुँदै अनियन्त्रित भएर खस्यो,’ एमिलीले भनिन्, ‘मलाई त्यत्तिमात्र याद छ, त्यसपछि के भयो थाहा छैन, अस्पतालमा मेरो होस खुल्यो।’
मणिपाल अस्पतालमा उपचाररत उनीहरूसहितका घाइतेबारे सञ्चारकर्मीले बुझ्न खोज्दा अस्पताल प्रशासनले रोक लगाएको थियो। पोखरा पर्यटन परिषदका महासचिव बसन्त दवाडीले भने उनीहरूसँग छुट्टै भेटेका थिए। दवाडीसँगको भेटमा दुवै पर्यटकले आफूहरू बाँच्न सफल भए पनि सँगै उडेका अन्य १५ ले ज्यान गुमाउँदा दुख लागेको बताएका थिए।
हेर्दाहेर्दै खस्यो
प्रकाश पौडेल, प्रत्यक्षदर्शी
जहाज आएको मैले देखिरहेको थिएँ। जोमसोममा हुँदा म प्रायः जहाज उडेको र अवतरण गरेको हेर्छु। सोमबार बिहान पनि जहाज हेरिरहेको थिएँ। अग्निको जहाज मोडिएको मात्र के थियो, छिसिक्क गरेको आवाज सुनेँ। जहाजको दायाँतिरको पखेटा भित्तामा ठोक्किएको रहेछ। ड्यांग गर्दै जहाज तलतिर घोप्टियो। जहाजको अघिल्लो भागले भुइँ टेक्ने गरी ठूलो आवाजसहित खोँचमा खस्यो। हेर्दाहेर्दै जहाज खसेको देखेँ। आजसम्म टिभीमा मात्र जहाज खसेको देखेको थिएँ, सोमबार प्रत्यक्ष देख्दा सुरुमा विश्वास गर्नै गाह्रो भयो। के गर्ने सोच्नै सकिनँ।
तपाईको प्रतिक्रिया