Deneme Bonusu Veren Siteler
बिहिबार, पौष २५, २०८१
Thursday, January 9, 2025

सप्तरी – हार्डवेयर पसल सञ्चालन गर्नका लागि बैंकबाट निकालिएको नौ लाख ५० हजार रुपैयाँ मंगलबार दिउँसो लुटिएको छ ।

राजविराज नगरपालिका–९ मलेठ, नहरचोक निवासी मोहमद इजलास मियाँले हार्डवेयर पसल सञ्चालन गर्नका लागि राष्ट्रिय वाणिज्य बैंक राजविराजबाट लिएको रकम सनराइज बैंकमा राख्नका लागि जाँदै गरेका अवस्थामा अपरिचित व्यक्तिले राजविराजको मुख्य बजारबाटै लुटेर भागेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

रकम राष्ट्रिय वाणिज्य बैंकबाट लिई नजिकैको सनराइज बैंकमा राख्नका लागि छाप बनाउन सप्तकोशी माइक्रोबस स्टेशननिर एउटा पसलमा जाने क्रममा आएको नचिनेको व्यक्तिले ब्यागमा पैसा बोकेका मियाका छोराको घाँटीमा फोहर दलेर भागेको पीडितले जनाएका छन् ।

हलिमा खातुनका नाममा रहेको १९०२५ नम्बरको खाताबाट निकालिएको रकमबाट आउँदो तिहारमा मलेठस्थित नहरचोकमा मियाँले हार्डवेयर पसल सञ्चालन गर्न लागेका थिए ।

यसैबिच रकम लुटेको आशंकामा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । रकम लुटेर फरार भएका व्यक्तिको खोजी तीव्र पारिएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया