Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – बैंक तथा वित्तिय संस्थामा लगानी योग्य रकम बढी भएपछि राष्ट्र बैंकले आज ५ अर्ब रुपैयाँ प्रशोचन गर्दैछ ।

बैंक तथा वित्तिय संस्थामा १ खर्ब रुपैयाँ हाराहारीमा लगानी योग्य रकम भएपनि परिचालन हुन नसकेपछि केन्द्रीय बैंकले छोटो समयका लागि ५ अर्ब रुपैयाँ प्रशोचन गर्न लागेको हो । निश्चित सर्तसहित केन्द्रीय वैंकले ३० दिनको समय दिएर निक्षेप संकलन उपकरण खरिदका लागि आव्हान गरेको छ ।

यसका लागि वैंक तथा वित्तिय संस्थाले अपरान्ह ३ वजेसम्म आवेदन दिन सक्ने राष्ट्रवैंकले जारी गरेको सुचनामा उल्लेख छ । वैंकमा निक्षेप थपिँदै गएपनि कर्जा प्रवाह हुन नसक्दा बजारमा अधिक तरलता देखिएको छ । जसका कारण वैंकहरुले निक्षेपमा व्याज घटाउन थालेका छन् । तर कर्जाको ब्याज भने घटाएका छैनन् ।

तपाईको प्रतिक्रिया