Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – शेयर बजार परिसूचक नेप्से अाज झण्डै ७ अंकले बढेको छ ।

दसैँको बिदा पछि अाज खुलेको शेयर बजार ६ दशमलव ८९ अंकले बढेपछि नेप्से १६५६ अंकभन्दा उकालो लागेको हो । सबै समूहको परिसूचक बढेको दिन सबैभन्दा धेरै जलविद्युत समूह झण्डै ६४ अंकले उकालो लागेको छ ।

त्यस्तै होटल २८ दशमलव ५९, बिमा ९ दशमलव २२ र ब्याङ्किङ समूह ५ दशमलव ६६ अंकले बढेको छ । नेप्से बढेपनि कारोबार रकम भने १४ करोडको हाराहारीमा खुम्चिएको छ ।

१४ करोड ५२ हजार १ सय ५० रुपैयाँको कारोबार भएको दिन अाज सबैभन्दा धेरै नेपाल इन्भेष्टमेण्ट ब्याङ्कको कारोबार भएको छ । इन्भेष्टमेण्ट ब्याङ्कको शेयर ४ करोड ८८ लाख भन्दा धेरैको किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

तपाईको प्रतिक्रिया