Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ लाई पार्टी राजनीतिमा भित्र्याएकोबारे प्रष्टीकरण दिएका छन् । केन्द्रीय कमिटीको बैठकमा पार्टी निष्कर्ष सुनाउँदै अध्यक्ष प्रचण्डले आफूले नभई पुनले माओवादीमा सक्रिय हुन चाहेको दाबी गरेका हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

उनले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनलाई पार्टीले राजनीतिमा सक्रिय गराएको नभई पुनले सक्रिय हुने चाहना व्यक्त गरेकाले आमन्त्रित रूपमा बैठकमा सहभागी गराएको जानकारी दिँदै अन्य नेताहरूको कार्यविभाजन गर्दा उनको पनि गरिने बताए । ‘मैले पासाङजी लाई आउनु भनेको होइन । रिटायर्ड भएपछि म सक्रिय भूमिकामा आउन चाहन्छु भनिरहनु भयो,’ प्रचण्डले भने ।

केन्द्रीय समितिको बैठकमा पूर्व उपराष्ट्रपति पुन उपाध्यक्षको लहरमा बसेका थिए । तर प्रचण्डले ‘आमन्त्रितकै रुपमा बोलाएको’ दाबी गरेका छन् । पूर्व उपराष्ट्रपति पुन आफै पार्टीमा सक्रिय हुन चाहेको प्रचण्डले पटक-पटक दोहोर्‍याए । ‘म एउटा क्रान्तिको सिपाही हुँ, क्रान्ति गर्न किन नपाउने भन्नु भयो’ प्रचण्डले भने ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया