Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०८, २०८१
Tuesday, January 21, 2025

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको मुद्दामा मंगलबार कास्की जिल्ला अदालतमा बहस सकिएको छ । रविका कानुन व्यवसायीहरूले उनलाई तारेखमा छोडेर मुद्दाको पुर्पक्ष अगाडि बढाउनुपर्ने माग गरेका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा वरिष्ठ अधिवक्ता डा. नारायण घिमिरेले लामिछानेको रिहाइको तर्क राखे । उनले रविलाई चौथो ठूलो पार्टीका प्रतिनिधिको रूपमा प्रस्तुत गर्दै भने, ‘११ लाखभन्दा बढी जनताले विश्वास गरेर मत दिएका व्यक्ति भाग्न सक्दैनन्, अदालतको आदेश उल्लंघन गर्ने सम्भावना छैन । तसर्थ, तारेखमा छाडेर कानुनी प्रक्रिया अगाडि बढाउनु पर्छ ।’

कानुन व्यवसायीहरूको तर्क थियो कि रविमाथि राजनीतिक प्रतिशोधको आधारमा मुद्दा लगाइएको छ । वरिष्ठ अधिवक्ता घिमिरेले रवि सहकारीमा संलग्न नभए पनि अभियोग लगाइएको दाबी गरे । ‘दुराशयपूर्ण रूपमा मुद्दा बनाइएको छ, जसले कानुनी आधार र प्रक्रियालाई पनि बेवास्ता गरेको छ,’ उनले भने ।

पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारीका बचतकर्ताको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । सरकारी वकिल कार्यालय कास्कीले सम्पत्ति शुद्धीकरण र ठगीसम्बन्धी विभिन्न दफामा ३० करोडभन्दा बढी बिगो दाबी गरेको छ ।

रविका कानुन व्यवसायीहरूले सोमबार र मंगलबार गरी कुल ११ जना अधिवक्ताहरूले बहस गरे । सबैले लामिछानेलाई राजनीतिक रूपमा फसाइएको र मुद्दामा कुनै कानुनी आधार नभएको जिकिर गरे । अधिवक्ता राजेन्द्र सेढाईंले भने, ‘यो मुद्दा सरकारको बदनियतको परिणाम हो । रविले भाग्ने, अदालतमा नआउने जस्ता कुनै व्यवहार देखाएका छैनन् ।’

सहकारी बचत अपचलनका विषयमा संसदीय छानबिन विशेष समितिले सूर्यदर्शनसहित पाँच सहकारीबाट ६५ करोड रुपैयाँ अपचलन भएको प्रतिवेदन सरकारलाई बुझाएको थियो । त्यसैको आधारमा गत कात्तिक २ गते काठमाडौंको वनस्थलीस्थित पार्टी कार्यालयबाट रविलाई पक्राउ गरिएको हो ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया