Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

समाचार सुन्नुहोस :

काठमाडौँ – चीनले तिब्बतमा गएको ७ म्याग्निच्युडको भूकम्पपछि सगरमाथा क्षेत्रतर्फका पर्यटक प्रवेशमा अस्थायी रोक लगाएको छ। भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, तिब्बतको दिंग्री आसपास मङ्गलबार बिहान यो भूकम्प गएको हो। चीनले सगरमाथा, जुन त्यहाँ ‘चोमालोङ्मा’ का रूपमा चिनिन्छ, तर्फको पर्यटक गतिविधिमा रोक लगाउने निर्णय गरेको छ।

नेपालतर्फ भने यस्तो कुनै निर्णय भएको छैन। सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेका अनुसार पर्यटन सिजन नभएकाले हाल सगरमाथा आधार शिविर र आसपास कुनै पर्यटक वा हिमाल आरोहण टोली छैन।

पछिल्लो रिपोर्टअनुसार, तिब्बतको भूकम्पमा मृत्यु हुनेको संख्या ९५ पुगेको छ। तर, सगरमाथा क्षेत्रमा रहेका पर्यटक र कर्मचारीहरू सुरक्षित रहेको पीटीआईले स्थानीय अधिकारीलाई उद्धृत गर्दै जनाएको छ।

नेपाली समयअनुसार, भूकम्प बिहान ६:५० मा गएको थियो। यसको धक्का नेपालका विभिन्न जिल्ला र भारतका केही भागमा समेत महसुस गरिएको थियो।

 

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया