Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

कैलाली – बडा दशैँको समयमा मालसामान किनमेल गर्ने नेपाली ग्राहकको भारतीय सीमावर्ती बजार गौरीफन्टामा चहलपहल ह्वात्तै बढेको छ ।

गौरीफन्टामा नेपाली ग्राहकको ओइरो लाग्न थालेपछि धनगढी, अत्तरिया लगायतका नेपाली बजारको कारोबार बढ्न सकेको छैन्, जसकारण यहाँका नेपाली व्यापारी चिन्तित बनेका छन् । नेपाली बजारको तुलनामा गौरी फन्टामा सामान सस्तो पाइने विश्वासमा चाडबाड र अन्य समयमा पनि आफूलाई आवश्यक पर्ने किराना र लत्ताकपडासम्बन्धी सामग्री नेपाली ग्राहकले गौरीफन्टाबाट किनमेल गर्ने गरेका छन् ।

धनगढीबाट झण्डै चार किमीको दूरीमा रहेको गौरीफन्टा बजारमा किनमेलका लागि जानेमध्ये ९५ प्रतिशत ग्राहक नेपाली नै हुने गरेका छन् । भारतीय बजार भएर पनि त्यहाँ नेपाली रुपैयाँमा कारोबार हुने गरेकाले नेपालीलाई भारु सटही गर्नुपर्ने अवस्था छैन । चाडपर्वको समयमा अन्य समयभन्दा बढी कारोबार हुने गरेको गौरीफन्टा बजारका व्यापारी गुड्डुले स्वीकार गर्नुभयो ।

चाडबाडको समयमा दिनभरिमा १५-२० हजारसम्मको पनि बिक्री नभएको धनगढीका कपडा व्यापारी डिल्लीराज जोशीले बताउनुभयो । सबै ग्राहक गौरीफन्टा जाँदा नेपाली बजारको कारोबारमा प्रतिकूल असर पुगेको छ । नेपालका बजारभन्दा कपडा र किरानालगायतका समान सस्तो पाइने हुँदा आफू ती सामग्री किनमेल गर्न गौरीफन्टा पुगेको कैलाली जिल्लाकी तुल्सी चौधरीले भन्नुभयो ।

यद्यपि कतिपय ग्राहक बेलाबखत त्यहाँका व्यापारीबाट लुटिने र दुव्र्यवहार झेल्न बाध्य हुने गरेका मात्र नभई सीमा कटाउँदा भारतीय प्रहरी र नेपाली प्रहरीबाट हुने रकम असुलीबाट समेत पीडित हुने गरेका छन् । किनमेलका लागि दिनहुँ लाखौँ रुपैयाँ भारतीय बजारमा जाने गरेका कारण यसबाट नेपाली अर्थतन्त्रमा समेत प्रतिकूल असर पुर्याउने कतिपयको भनाइ छ ।

तपाईको प्रतिक्रिया