Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं  – दसैँको बिदामा पनि बैंक तथा वित्तीय संस्था खुल्ने भएका छन् । राष्ट्र बैंकले दसैँको बिदाका दिनमा पनि बैंक तथा वित्तीय संस्था खुला गर्न निर्देशन दिएपछि बैंक तथा वित्तीय संस्था बिदाको दिनमा पनि खुलेका हुन ।

राष्ट्र बैंकको निर्देशन अनुसार बैंक बिहीबार घटस्थापनाको दिन पनि खुलेका थिए । ११ गते फूलपाती, १२ गते महाष्टमी, १५ गते एकादशी र १६ गते द्वादशीका दिन पनि बैंकहरु खुल्नेछन् ।

दसैँमा सानिमा बैंकले बिहान ११ बजेदेखि २ बजेसम्म सेवा दिने भएको छ । बंगलादेश बैंकले देशभरिकै शाखा ११ बजेदेखि १ बजेसम्म खोल्ने तयारी गरेको छ ।

मेगा, सानिमा, एनआर्इसी एसिया, प्रभु, एभरेष्ट, सिटिजन, नेपाल इन्भेष्टमेन्ट लगायतका बैंकले निश्चित अवधिभर निश्चित शाखाबाट ग्राहकलार्इ सेवा दिने कार्य तालिका बनाएका छन् ।

१३ गते महानवमी र १४ गते विजयादशीको दिन मात्र बैंक तथा वित्तीय संस्था बन्द हुने राष्ट्र बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया