Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

टोकियो -जापानी प्रधानमन्त्री सिन्जो आबेले सन् २०१९ को अक्टोवर सम्ममा बिक्रीकर वृद्धि गर्ने संकेत गरेका छन् ।
जापानको एक टेलिभिजन कार्यक्रममार्फत जानकारी गराए अनुसार सन् २०१९ को अक्टोबरसम्ममा हालको ८ प्रतिशत रहेको करलाई बढाएर १० प्रतिशतसम्म पुर्याउने संकेत गरेको जापान टुडे अनलाइनले जनाएको छ ।
प्रधानमन्त्री आबेका अनुसार हालको करको दरलाई वृद्धि नगरेमा वित्तिय संकट भुकम्प जस्तो देखिने बताएका छन् । आधारभूत कर नीतिलाई पुर्नविचार नगरिएमा सन् २००८ मा अमेरिकाले व्यहोरेको वित्तिय संकत जस्तै हुने छ । यस नीतिलाइ जापान सरकारले सन् २०१५ मा लागु गर्ने योजना बनाए पनि स्थगित गरिएको थियो ।
जापानको अर्थव्यवस्था अहिले मध्यमस्तरमा रहेको बताइएको छ । प्रधानमन्त्री आवेका अनुसार सरकारले १८ बिलियन अमेरिकी डलर खर्च गर्ने नीतिलाई प्याकेजमा बालबालिकाको हेरविचार र उच्च शिक्षाको सहयोगमा ध्यान पुर्याईने र विक्री कर उठाइने छ ।
पहिलाको योजना अन्तर्गत सरकारले ५ अर्ब अमेरिकी डलरको ठूलो भाग कर वृद्धिबाट भएको आयको लागि कर्जा फिर्ता गर्न र बाँकी रहेको देशको लोककल्याणकारी नीति सुधारका लागि उपयोग गरिने बताइएको छ ।

तपाईको प्रतिक्रिया