Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024
काठमाडौं- माओवादीका पोलिटव्युरो सदस्य डिलाराम आचार्यले सत्ता लिप्साका लागि गोरु बेचाई मोलमोलाईले शान्ति प्रकृया निष्कर्षमा नपुग्ने दावी गरेका छन् ।
शनिबार तराई स्वतन्त्र न्याय मञ्चले शुभ दिपावली, छठ  बक्रइदको अवसरमा शुभ कामना आदान प्रदान कार्यक्रममा बोल्दै नेता आचार्यले शान्ति प्रकृयाको नाममा टालटुले काम भए शान्ति प्रकृया र संविधान निर्माण हुन नसक्ने दावी गरेका हुन् ।
आचार्यले अयोग्य, स्वइच्छा, शिक्षा, विवाह द्वन्द्वका वेला अपाङ्ग भएका जस्ता विभिन्न बहानामा तालिम प्राप्त जनसेनालाई घर पठाउने काम भएमा त्यस्ता तालिमप्राप्तहरु मिली अर्को जनयुद्धको तयारी हुनसक्ने सम्भावनातिर सचेत गराए । तराई स्वतन्त्र न्याय मञ्चका अध्यक्ष भाग्य नारायण बैठाले अहिले ठूला नेताहरु सत्ता लिप्साको लडाई लडिरहेको कारण शान्ति र संविधानको कायलार्ई ठप्प पारेको आरोप लगाए ।
उनले भने– ‘शान्ति र संविधान निर्माणमा नेताहरु चुके भने नेपाली जनताले उनीहरुलाई माफी दिने छैनन् ।’
तपाईको प्रतिक्रिया