Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

काठमाडौं – बलिउड अभिनेत्री दीपिका पादुकोण र रणवीर सिंहको प्रेमकहानीबारे सबैलाई थाहै छ । उनीहरू लामो समयदेखि प्रेममा छन् । तर, यसबारे दुवैजनाले खुलेर भने कहिल्यै बोलेका छैनन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

‘रिल’ लाइफमा दर्शकले मन पराउने जोडीलाई ‘रियल’ लाइफमा पनि सधैँ सँगै देख्न चाहन्छन् । तर, के उनीहरू बिहे गर्लान् ? यो प्रश्नको जवाफ दीपिकाले पछिल्लोपटक दिएको अड्कल काट्न थालिएको छ । खासमा पछिल्ला केही कार्यक्रममा उपस्थित हुँदा दीपिकाको हातको साइँली औँलामा औँठी देखिएपछि चर्चा बाक्लिएको हो । दीपिकाको हातको औँठीले उनीहरूको प्रेमकहानीलाई ‘इन्गेजमेन्ट’को शंकासम्म पुर्‍याइदिएको छ ।

अहिले दीपिका आफ्नो परिवारको साथमा बेंगलुरुमा बिदा मनाइरहेकी छिन् । त्यसो त उनी केही दिनअघि लन्डनमा पनि बिदा मनाउन पुगेकी थिइन्, जहाँ रणवीर पनि पुगेका थिए । त्यहाँ दीपिका एउटा कमेडी सोमा सहभागी भएकी थिइन् । कार्यक्रममा दीपिकाको हातमा औँठी देखियो । भिडियो बाहिरियो र भाइरल भयो । अब, खबर आउन थालेका छन्, यो जोडीले लन्डनमा लुकेर इन्गेजमेन्ट गरे । तर, आधिकारिक पुष्टि भने भएको छैन ।

तपाईको प्रतिक्रिया