Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – दक्षिण कोरियालीको कोरिया साउथ-इष्टपावर कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड दुई लाख ५७ हजार ८७१ सहयोग गरेको छ ।

उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महरालाई आज परारष्ट्र मन्त्रालयमा भेटेर कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत च्याङ, जाई वनले उक्त रकम हस्तान्तरण गर्नुभयो । उक्त रकम उपप्रधानमन्त्री महराले प्रधानमन्त्री कार्यालयका सचिव शंकरप्रसाद अधिकारीलाई हस्तान्तरण गर्नुभयो ।

उपप्रधानमन्त्री महराले कोरिया साउथ-इष्ट पावर कम्पनीले बाढीपीडितका लागि सहयोग गरेकोप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले कम्पनीले सुरु गरेको माथिललो त्रिशूली– १ जलविद्युत् आयोजनाका विषयमा जानकारी लिनुभयो । सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत च्याङले अप्पर त्रिशूली-१ (२१६ मेवा) परियोजना भूकम्पका कारण केही समस्या भए पनि दू्रतगतिमा अगाडि बढाएको जानकारी गराउनुभयो ।

उहाँले विद्युत् खरिद् सम्झौदा (पिपिए)लाई अघि बढाइदिन आग्रह समेत गर्नुभयो । जवाफमा उपप्रधानमन्त्री महराले विद्युत् खरिद सम्झौताका विषयमा आफूले सम्बन्धित निकायसँग कुरा गर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया