Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024
खनाल (बायाँ) र पौडेलकाठमाडौं- भारतसंग शुक्रबार राति भएको लगानीसम्बन्धी बिपा सम्झौता विवादास्पद र राष्ट्रघाती भएको भन्दै प्रतिपक्षी दलहरुले कडा आपत्ति जनाएका छन् ।  प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भने उक्त सम्झौतालाई ‘राजनीतिक जुवा’ भनेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र एमालेका शीर्ष नेताहरुले बिपा सम्झौतालाई राष्ट्रघाती सम्झौताको संज्ञा दिए । कांग्रेस उपसभापति एवं प्रतिपक्षी दलका नेता रामचन्द्र पौडेलले भारतसँग गरेको लगानी सम्बन्धी विवादास्पद बिपा सम्झौताले मुलुकको हित नगर्ने भन्दै आपत्ति जनाए ।
‘बन्द हड्तालको कारक माओवादी नै हो,’ उनले शनिबार भने, ‘ माओवादीका कार्यकर्ताले बन्द हड्ताल गर्ने अनि सरकारले क्षतिपूर्ति दिने कुरा मान्न सकिँदैन ।’
 एमाले अध्यक्ष झलनाथ खनालले बिपा सम्झौतालाई राष्ट्रघाती भएको भन्दै त्यसका विरुद्ध आन्दोलन गर्ने चेतावनी दिए । उनले बिपा सम्झौतामा हस्ताक्षर गरेका भट्टराईको राष्ट्रियता भारतमा गएर उदाङ्गिएको बताए ।
बिपा सम्झौताअनुसार गैरव्यवसायिक कारणले कुनै पनि उद्योग बन्द भए त्यसको क्षतिपूर्ति सरकारले दिनुपर्ने छ । सम्झौतामा गैरव्यवसायिक बन्दको परिभाषा सम्झौतामा प्रष्ट रुपमा उल्लेख गरिएको छैन । ***
तपाईको प्रतिक्रिया