Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – अवैध रुपमा ल्याइएको १५ किलो सुनसहित प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ७ जनालाई विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ । काठमाडौंको टोखाबाट १४ किलो र जनकपुरबाट १ किलो गरी १५ किलो सुन बरामद भएको प्रहरीले जनाएको छ ।

सुनसँगै सिन्धुपाल्चोक भोटेकोशीका पेम्बा दोर्जे शेर्पा, भक्तपुर सूर्यविनायकका दीपेन्द्र थापा, राजेन्द्र खत्री, रवीन खत्री, बानेश्वरका सरोज थापा, काभ्रे पाँचखालका विष्णु गौतम र धनुषा जनकपुरका दीपककुमार साहलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले विशेषगरी चीन-तीब्बतबाट रसुवाको केरुङ नाका हुँदै अवैध तरिकाले सुन भित्र्याई नेपाल तथा भारतमा समेत लगेर विक्रि गर्ने गरेको पाईएको प्रहरी उपरिक्षक मीरा चौधरीले जानकारी दिनुभयो ।

सीआईबीले आज पत्रकार सम्मेलन गरी उनीहरुसँग २२ किलो सुन रहेको बताएपनि ७ किलो सुनबारे भने यकिन नभएको र अनुसन्धान भइरहेको जानकारी दिएको छ । २२ मध्ये ८ केजी सुन बानेश्वरका दीपेन्द्र थापा र सरोज थापाले किनेका थिए । उनीहरुले किनेको सुनमध्ये दुई केजी काठमाडौंमै बेचेको र अरु सुन भारत निकासी गरेको प्रहरीको आशंका छ ।

त्रिभवुन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार पास भएर बाहिरिएको करिब ३४ किलो सुन बरामद भएको करिब ६ महिनापछि व्यूरोले पुनस् ठूलो परिमाणको सुन बरामद गरेको हो । संगठित अपराधका रुपमा सुन तस्करी भएको सीआईबीको भनाइ छ ।

सीआईबीका अनुसार संगठित अपराध ऐनअन्तर्गत सात दिनको म्याद लिएर सुन तस्करीबारे अनुसन्धान जारी छ ।

तपाईको प्रतिक्रिया