Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – बजारमा सुनचाँदीको गहनामा पुन मिसावट भेटिन थालेको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको अनुगमनमा यस्तो फेला परेको हो ।अनुगमन टोलीले पोखराका केही गहना पसलमा अनुगमन गरेको थियो ।

त्यसक्रममा औंठी, टप, लकेट, रिङ लगायत गहनाका नमुना संकलन गरी नापतौल विभागमा परीक्षण गरिएको थियो । परीक्षणको क्रममा गहनामा मिसावट भएको फेला परेको हो ।२.२ ग्रामको गोलो टप परीक्षण दर्गा ९५.८७२ प्रतिशत मात्रै शुद्धता फेला परेको थियो ।

बाँकीमा चाँदी, तामा, पित्तलको मिसावट रहेको पाइएको छ । यस्तै १.९२ ग्रामको औंठी परीक्षण गर्दा ९५.९२४ मात्रै सुन थियो । २.९८ ग्रामको रिङ परीक्षण गर्दा ९६.८७५ प्रतिशत सुन भेटिएको थियो ।

१.३८ ग्रामको लकेटमा भने मापदण्डअनुसार सुद्धता रहेको पाइएको छ । उक्त लकेटमा ९९ प्रतिशत सुन रहेको थियो । जानकारहरुका अनुसार ९८ प्रतिशतसम्म सुनलाई शुद्धता नै मानिन्छ ।

तपाईको प्रतिक्रिया