Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024
सिड्नी (अष्ट्रेलिया)- बिभिन्न कार्यक्रमहरु सहित यस बर्षको बुद्ध जयन्ति सिड्नीमा धुमधामका साथ सम्पन्न भएको छ  ।
अस्ट्रेलियामा रहेका बिभिन्न ६ वटा संस्थाहरुले संयुक्त  रुपमा यहि ६ मे बुद्ध जयन्तिको दिन बुद्ध पुजा अर्चना , बिपस्यना ध्यान, लुम्बिनी भ्रमण  बर्ष २०१२ लाई प्रबर्द्धन गर्ने सामाग्रीहरुको प्रदर्शन, फोटो प्रदर्शनी, शान्ति र्‍याली, रक्तदान कार्यक्रम ,बुद्ध कप सकर प्रतियोगिता, बुद्धकप भलिबल प्रतियोगिताका साथै छेलो हान्ने रोमान्चकारी प्रतियोगितासहित कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रमका प्रमुख अथिति, न्यु साउथ वेल्स अस्ट्रेलियाका लागि महाबाणिज्यदूत दिपक खड्काले आजको युद्ध र हिंसा ग्रस्त समाजमा गौतम बुद्धले दिनु भएको शान्ति  , अहिंसा, प्रेम र करुणाको संदेश अझ बढी सार्थक भएको बताउदै लुम्बिनी कपिलबस्तु दिवस भियानले आफूलाई लुम्बिनी प्रबर्द्धनको लागि घच्घच्याएको बताउनुभयो ।
कार्यक्रमका बिशेष अतिथि लुम्बिनी कपिलबस्तु दिवस बिश्व अभियान समितिको बिश्व समितिका सल्लाहकार डा। कविताराम श्रेष्ठले शान्तिका  अग्रदूत भगवान गौतम बुद्धले दिएको शान्तिको सन्देशलाई बिश्व सामु फैलाउने प्रमुख दायित्व हाम्रै हो भन्दै, गौतम बुद्ध जन्मेको पवित्र भुमी लुम्बिनीको जगेर्ना गर्ने कर्तब्य  पनि हामी नेपालीहरुको  नै भएको बताउँदै सबै नेपालीहरुलाई जागरुक हुन आव्हान गर्नु भयो ।
नेपाल सरकारले मनाइ रहेको लुम्बिनी भ्रमण बर्ष २०१२ लाई प्रबर्द्धन गर्दै हामी प्रबासी नेपाली हरुले पनि देश बिकासमा सके जति सहभागी हुन् उहाँले अपिल गर्नु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अर्का बिशेष अतिथि लुम्बिनी कपिलबस्तु दिवस बिश्व अभियानका बिश्व संयोजक रामकुमार श्रेष्ठले यो अभियानको  शुरु गरिनु पर्नाका कारण, विकास, औचित्य आदिमाथि प्रकाश पार्नु भएको थियो ।
उहाँले नेपाललाई माया  गर्ने हरेक नेपालीले आफ्नो रास्ट्रियता र पहिचान गाँसिएको गौतम बुद्ध, उहाँ  दिनु भएको उपदेशलाई आत्मसात गर्नु साथै उहाँ जन्मिनु भएको जन्मस्थलको प्रबर्द्धन गर्नु कर्तब्य भएको बताउनुभयो ।
विश्वभरी बुद्ध जयन्ती मनाउनुको आफ्नै किसिमको बहु आयामिक अर्थ र महत्व हुँदाहुँदै पनि यस्तो पावन दिनमा बुद्धको सन्देशका उद्धेस्य प्राप्तीका लागि सहयोगी हुने केही न केही आचार र बिचार ब्यबहारमा उतार्न प्रतिबद्धता जाहेर गर्नुले बुद्धप्रति व्याबहारिक रुपमा आदर गरेको ठहरिने भएकोले त्यस्तो प्रतिबद्धता जाहेर गर्नुको अझ महत्व हुने बताउनु भयो ।
स्मरण रहोस् अहिले नेपालमा र बिश्वका अधिकांश मुलुकहरुमा यो अभियानले उचाई लिइरहेको छ र यसै अभियान मार्फत् भारत सरकारले बनाइ रहेको नक्कली लुम्बिनीको पनि भण्डाफोर  गर्ने कार्य भइरहेको छ ।
सोही कार्यक्रमका अर्का बिशेष अतिथि नेपाल बुद्धिस्ट काउन्सिलका अध्यक्ष मनिश्वर बज्राचार्यले बुद्ध धर्मको उत्पति , यसको वैज्ञानिकता र यो धर्मका बिशेषताको  परिचर्चा गर्दै गौतम बुद्ध जन्मिएको देशमा जन्मिन पाएकोमा गौरब लागेको बताउनु भयो ।
सो कार्यक्रममा बुद्धको जीवनीमा आधारित पहिलो नेपाली उपन्यास ‘महाभिनिस्क्रिमणका अस्वीकृत पाइला’ लेखेर  बुद्धको जीवनीलाई आम मानसमा सजिलोसंग पुर्‍याई दिनुभए बापत बुद्ध दर्शन समिती अस्ट्रेलियाले लेखक प्राध्यापक डा। कविताराम श्रेष्ठलाई सम्मान गरेको थियो । महामहिम दीपक खड्काले अभिनन्दन पत्र र बुद्ध दर्शन समिती अस्ट्रेलियाका अध्यक्ष निमा शेर्पाले खादा ओढाई लेखक श्रेष्ठलाई बधाई सहित अभिनन्दन गर्नु भएको  थियो ।
त्यस्तै नेपाल बुद्धिस्ट काउन्सिलका अध्यक्ष मनिश्वर बज्राचार्यलाई उहाँले बुद्ध धर्मको प्रबर्धनमा पुर्‍याउनु भएको योगदानको कदर गर्दै सोहि समारोहमा बुद्ध दर्शन समिति अस्ट्रेलियाले अभिनन्दन गरेको थियो  ।
तमु समाज सिड्नी , बुद्ध दर्शन समिती अस्ट्रेलिया , लुम्बिनी कपिलबस्तु दिवस बिश्व अभियान समिती अस्ट्रेलिया , गुठि अस्ट्रेलिया , छन्त्याल परिवार  अस्ट्रेलिया र तामांग सोसाइटी अस्ट्रेलियाले संयुक्त रुपमा आयोजना गरेको सो कार्यक्रमको अध्यक्षता तमु समाज सिड्नीका अध्यक्ष इन्द्र तामंगले गर्नु भएको थियो । सहभागी र सहयोगीहरुलाई धन्यबाद दिदै संयोजक इन्द्र राइले सिड्नीमा पहिलो पटक यति धेरै संस्थाहरु मिलेर संयुक्त रुपमा मनाइएको यो समारोहले एकता र शान्तिको सन्देश दिएको बताउनु भयो ।
आयोजक समितीका सदस्य भीमसेन सापकोटाले बिपस्यना ध्यानको संक्षिप्त परिचय सहित सो को प्रयोग समेत गराउनु भएको थियो  ।
कार्यक्रममा बुद्ध दर्शन समिती अस्ट्रेलियाका उपाध्यक्ष्य सुदिप गौचनले स्वागत मन्तब्य गर्नु भएको थियो भने लुम्बिनी कपिलबस्तु दिवस बिश्व अभियान बिश्व समितीका अस्ट्रेलिया प्रतिनिधि सानु घिमिरेले कार्यक्रम संचालन गर्नु भएको थियो ।
तपाईको प्रतिक्रिया