Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – काठमाडौंमा मंगलबारदेखि नाडा अटो मेला हुँदैछ । भदौ १८ गतेसम्म भृकुटीमण्डपमा हुने मेलामा विभिन्न ब्रान्डका गाडी प्रदर्शन तथा बिक्रीमा राखिने छ ।

अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले मेला आयोजना गरेको हो । नाडाका अध्यक्ष अञ्जन श्रेष्ठले मेलामा प्रख्यात ब्रान्डका गाडीका साथै नयाँ प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस, लुब्रिकेन्टस्, टायर, ग्यारेज उपकरण, ब्याट्री तथा अन्य सामानका स्टल राखिने बताउनुभयो ।

मेलामा बैंक, वित्तिय संस्था तथा बीमा कम्पनीको पनि सहभागिता हुने हुँदा ग्राहकले प्रदर्शनीबाटै सुलभ दरमा फाइनान्स तथा बीमाको सुविधा पनि प्राप्त गर्ने उहाँले बताउनुभयो ।

मेलामा ग्राहकलाई गाडी किन्दा छुट र उपहारसमेत दिइने छ । मेलामा ९० वटा संस्थाका झण्डै एक सय ३० वटा स्टल रहनेछन् । मेलाको झण्डै ५० हजार दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ ।

 

तपाईको प्रतिक्रिया