Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – धितोपत्र बजारमा यस साता तीन अर्ब ३१ करोड ४९ लाख ६५ बराबरको शेयर कारोबार भएको छ ।  नेपाल स्टक एक्चेञ्जका अनुसार यस साता एक अर्ब ४८ लाख ३० हजार ८८० कित्ता शेयर खरिद–बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ८ दशमलव ४५ प्रतिशत बढी हो ।

गत साता कुल १७८ कम्पनीको तीन अर्ब पाँच करोड ६७ लाख ६२ हजार बराबरका ८४ लाख ४६ हजार ४६० कित्ता शेयर खरिद–बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा शुन्य दशमलव १६ अङ्कले घटेर अन्तिम दिन एक हजार ६१७ दशमलव ८१ अङ्कमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा शुन्य दशमलव ०४ अङ्कले घटेर ३३९ दशमलव ९४ अङ्कमा आइपुगेको छ ।

यस साता कारोबार रकमका आधारमा प्राइम लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा छ । सो कम्पनीको १९ करोड ७५ लाख ८० हजार बराबरको शेयर कारोबार भएको थियो ।  त्यसैगरी, कारोबार भएको शेयर सङ्ख्याका आधारमा सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम एक अग्रस्थानमा रहेको छ । सो स्किमको ३६ लाख २३ हजार इकाई कारोबार भएको थियो । यस साता नेपाल स्टक एक्सचेञ्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो ।

यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन । स्कटका अनुसार नेपाल एसबीआई बैंक, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, ज्योति विकास बैंक, विकास ऋणपत्र २०८६ ‘ख’, सिद्धार्थ इन्सुरेन्सको शेयर सूचीकृत भएका थिए ।

तपाईको प्रतिक्रिया