मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): अवसरलाई सदुपयोग गर्नु होला । पूर्वान्ह जति अपरान्ह पछिको समय अनुकुल हुनेछैन । काममा ढिला सुस्ति हुनेछ । आफन्तले दुःख दिने छन् ।
——————————————–
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): प्रातःकाल प्रतिकुल नै देखिन्छ । मध्यान्ह पछिको समय अनुकुल हुनेछ । आर्थिक कारोवारमा सचेत रहनु होला । काम बन्नेछन् ।
——————————————–
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): मध्यान्हबाट समयले साथ दिने छैन । समयमा काम गर्न सकिएन भने काम विग्रिने छन् । व्यापार व्यवसायबाट लाभ कम हुनेछ ।
——————————————–
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): समय अनुकुल नै देखिन्छ । गरेका काम अधिकाँश सफल हुनेछन् । व्यापारमा सुधार आउनेछ । घर परिवार इष्टमित्र आफन्तको सहयोग मिल्नेछ ।
——————————————–
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): समयको गति सगै समयमा सुधार आउनेछ । अवरुद्ध कामले गति समाउनेछ । मानसिक तनावमा कमि आउनेछ । वाह्य कुरामा बढि चासो नदिनु होला ।
——————————————–
कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): तनावको बीचमा काम गर्नु पर्नेछ । गरेका कामबाट सन्तुष्टि मिल्ने छैन । खर्च बढ्ने देखिन्छ । विश्वास र भरोसा गरेका ठाँउमा धोका हुनेछ ।
——————————————–
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): प्रातकाल थोरै अनुकुल देखिए पनि मध्यान्हबाट समयले साथ दिने छैन । काममा ढिला गरेरमा काम विग्रिने छन् । स्वास्थ्यमा समस्या आउन सक्छ ।
——————————————–
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): प्रतिश्पर्धामा सफल हुनुहुनेछ । परिश्रमको मुल्या पाईनेछ । विराधी कमजोर हुनेछन् । मध्यान्ह पछि यात्राको योग देखिन्छ । नयाँ कामको प्रस्ताव आउन सक्छ ।
——————————————–
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): काम गरेर सन्तुष्टि कम मिल्नेछ । यात्रामा समस्या आउन सक्छ । प्रेमिकाले धोका दिने देखिन्छ । व्यापार व्यवसायमा आएको मन्दि कायम रहनेछ ।
——————————————–
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): पारिवारिक खर्च वृद्धिले आर्थिक समस्या पर्न सक्छ । दैनिक काममा खासै प्रगति हुने देखिन्न । व्यापार व्यवसाय मन्द नै रहला ।
——————————————-
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): गरेका काम सफल नै हुनेछन् तर मध्यान्ह पछिको समय भने प्रतिकुल बन्नेछ । पारिवारिक खर्च बढ्नेछ । व्यापार व्यवसायमा अवनति हुनेछ ।
——————————————–
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): पूर्वान्ह भन्दा मध्यान्ह पछिको समय बढि अनुकुल हुनेछ । लगनशिल भई गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायमा क्रमिक सुधार आउनेछ ।
——————————————–