Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – नेपाल हाइड्रो डेभलपरले शुक्रबारदेखि तीन लाख ९० हजार कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ ।
कम्पनीका अनुसार रु एक सय अंकित मूल्यका रु तीन करोड ९० लाख मूल्य बराबरको सेयर निष्काशन गर्न लागिएको हो । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल छ । कम्पनीका प्रमुख एवम् ऊर्जा उद्यमी ज्ञानेन्द्रलाल प्रधानले साधारण सेयरका लागि ‘आस्वा प्रणाली’मार्फत मात्र आवेदन गर्नुपर्ने जानकारी दिनुभयो । नेपाल धितोपत्र बोर्डले यही साउन १ गतेदेखि सार्वजनिक निष्काशनमा आश्वा प्रणाली अनिवार्य गरेको छ ।
आफ्नो खाता भएको बैंक तथा वित्तीय संस्थामार्फत नै साधारण सेयरमा आवेदन दिन सकिने छ । सबै आवेदकलाई १० कित्ता सेयर अनिवार्य रुपमा बाँडफाँट गर्नुपर्ने नयाँ व्यवस्थाले गर्दा आवेदन दिने सबैलाई साधारण सेयर पर्नेछ । उक्त कम्पनीले दोलखामा ३।५२ मेगावाट क्षमताको चर्नावती जलविद्युत् आयोजना निर्माण गरिसकेको छ । कम्पनीले यसअघि गत मंसिरमा दोलखाका आयोजना प्रभावितलाई दुई लाख ६० हजार कित्ता साधारण सेयर बिक्री गरि बाँडफाँट गरिसकेको छ ।

तपाईको प्रतिक्रिया