मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

काठमाडौं – फरहान अख्तरको आगामी चलचित्र ‘लखनऊ सेन्ट्रल’ को पहिलो गीत ‘मीर–ए–कारवां’ सार्वजनिक गरिएको छ । गीतलाई अमित मिश्रा र नीति माहनले गाएका छन् । रोचक कोहलीले संगीत भरेका छन् भने शब्द अधीश वर्माको छ ।

चलचित्र मुरादाबादका किशन नामका युवाको कथामा आधारित छ । उनी भोजपुरी गायक बन्न चाहन्छन् तर हत्याको आरोपमा लखनऊको सेन्ट्रल जेल पुग्छन् ।

जेलमा एनजीओकर्मी गायत्री कश्यप (डायना पेंटी) एउटा प्रतिस्पर्धाका लागि कैदीको म्युजिक ब्यान्ड बनाउन चाहन्छन् । यसका लागि किशन अरू ४ कैदीलाई आफ्नो साथ जोड्छन् । ‘लखनऊ सेंट्रल’ मा किशन कसरी आफ्ना साथीसँग मिलेर ब्यान्ड बनाउनका लागि भन्दै भाग्ने योजना बनाउँछन्, यो चलचित्रको मूल कथा हो ।

चलचित्रमा डायना पेंटी, दीपक डोबरियाल, रोनित रोय र पंजाबी अभिनेता तथा गायक गिप्पी ग्रेवालको मुख्य भूमिका छ । त्यस्तै भोजपुरी सुपरस्टार रवि किशनले केमियो गरेका छन् । चलचित्रलाई निखिल आडवाणीले निर्माण गरेका छन् भने रंजित तिवारीले निर्देशन गरेका छन् ।

तपाईको प्रतिक्रिया