Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौ- मेरो घर सार्दिखोला-३ मा पर्छ । म अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० मा चौकिदार हुँ । सधैंझैं आज (शनिबार) पनि कामको सिलसिलामा खारापानीमा थिएँ ।
त्यस्तै पौने १० बजेतिरको कुरा हो । म बाहिर बसपार्कमा बसिरहेको थिएँ । एक्कासि बाढी आएको देखें । त्यतिबेला तातोपानी कुण्डमा २० जनाजति डुबिरहेका थिए । होटल र पसलमा समेत गरी ४०/५० जनाजति थिए । हवाईजहाज कराएजस्तो आवाज आयो । कोही बाघ आयो त कोही मृग आयो भन्दै थिए । बेस्सरी चिच्याएर भागौँ भन्दै म पनि दगुरें । मेरो बोली सुन्नेजति भाग्न सफल भए । कोही माथितिर गए, कोही भने पुल तरेर माछापुच्छ्रे गाविसतिर लागे ।
म चिप्लेटीतिर झन्डै डेढ सय मिटर टाढा सडकमा दगुर्दै थिएँ । बाढीले भेट्टाएर कुनामा हुत्ताइदियो । धन्य, त्यही हुत्ताईले म पाखोमा पुगेर बाँच्न सफल भएँ । आधाजति भागेजस्तो लाग्छ । अरूलाई बगायो ।
तपाईको प्रतिक्रिया