Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १९, २०८१
Friday, January 3, 2025

टोकियो – नेपाली नारीहरुको उल्लासको पर्व तीज नजिकिदैं गर्दा कलाकर्मीहरुले तीजको गीत धमाधम बजारमा ल्याउन भ्याई-नभ्याई छ । यसैबीच जापानलाई कर्मभूमि बनाउँदै आएका गायक तथा सर्जक सूर्य खड्का र मोडल तथा गायिका सोना केसीको धमाकेदार तीज गीत ’बिदेशै रंगियो तीजमा सारीले’ बजारमा आएको छ ।

गायक खड्काको लय तथा शब्द रहेको सो तीजको गीतमा सोना केसी र ईन्द्र भण्डारीको अभिनय रहेको छ । जापानमै रेकर्डिङ, छायाङ्कन र सम्पादन गरिएको उक्त तीजको गीतलाई गुराँस मुभिजले बजारमा ल्याएको हो ।

रोशन कार्कीको निर्देशन तथा छायाङ्कन रहेको सो म्युजिक भिडियोको विष्णु सुबेदी ’निशान’ ले सम्पादन गरेका हुन् । ब्यवसायी ईश्वरी कँडेलको बिशेष सहयोगमा नीर्मित उक्त म्यूजिक भिडियोमा बिश्वको जुनसुकै कुनामा पुगे पनि नेपाली नारीहरुले आफ्नो सँस्कृति भुल्न सक्दैनन् भन्ने केन्द्रीय भाव रहेको छ ।

जापान नि घुमे युरोप नि घुमे घुमियो खाडीमा, दिदी र बहिनी धपक्कै बल्ने हिडेंसी सारीमा,

तीजको बेला नाच्ने र गाउने अघिपछि काम हुन्छ, मनभरि माया मुखमा सँधै नेपालकै नाम हुन्छ,
बिदेशै रंगियो तीजमा सारीले, सँस्कृति भुल्दैनन् नेपाली नारीले …………….

युरोप अमेरिका जापान खाडी जहाँ पुगे पनि नेपालीहरुले आफ्नो कला र सँस्कृति, चाडपर्व र भेषभूषा भुलेका छैनन्, कार्य ब्यस्तताको बीचबाट पनि समय निकालेर आफ्नो पर्व मनाउने गर्दछन्, साडीमा सजिएपछि नेपाली नारीहरु धपक्कै बलेको देखिन्छन् । मनभरि, मुटुभरि नेपालकै नाम र माया साँचेर उनीहरु बिदेशमा बसेका हुन्छन् भन्ने आशय बोकेको पाईन्छ उक्त गीतमा ।

नेपाली नारी सहनशील हुन्छन् सबैलाई थाहाथियो,  परदेशमा पसे गाउँघर भुल्ने हुन् कि झैं ला’थियो,

निधारमा टिकी, टिकीमा जरी टिलिक्कै टल्किने, लगाउँछौं सारी कुर्कुच्चा झारी सँस्कृति झल्किने,

हातमा चुरा खुत्तामा पाउजु निधारमा टिकी’छ, त्यही देखिहोला बिदेशीले पनि लगाउन सिकि’छ,

माइतीको आँगन पुगेझैं हुन्छ, परदेशको ठाउँमा नि, नाच्ने र गाउने गरिने थिएन यत्तिको गाउँमा नि,
बिदेशै रंगियो तीजमा सारीले, सँस्कृति भुल्दैनन् नेपाली नारीले …………….

बिदेश लागेपछि चेलीहरुले आफ्नो गाउँघर र सँस्कृति नै भुल्ने हुन् कि भन्ने चिन्ता अब बाँकी नरहेको भाव गीतमा झल्किएको छ भने बिदेशमै भएपनि चुरा, पोते, टिकी, जरी जस्ता शृङ्गारका सामान तथा गरगहना झिकाएर नारीहरुले तीजको सँस्कृति झल्काउने गरेको र त्यसलाई बिदेशीहरुले समेत सिको गर्न थालेको आशय गीतमार्फत ब्यक्त गरिएको छ ।

बिदेश भए पनि तीजको रमझम नेपालमा भन्दा कुनै कमी नभएको र यसरी रमाउन पाउँदा बिदेशीभूमि पनि माइतीको आँगन जस्तो लाग्न थालेको सन्देश गीतले दिन खोजेको छ ।

बिदेशमा बस्ने नेपाली चेलीहरुको तीज पर्वप्रतिको मोह र बढ्दो आकर्षणलाई टपक्कै टिपेर शब्द शब्द जोडेर माला उन्ने काममा सर्जक खड्का सफल देखिन्छन् । लयमा मौलिकता त छँदैछ, सूर्य र सोनाको आवाज पनि जमेको छ । बिदेशको ब्यस्तताको बीच उपलब्ध सीमित साधन र स्रोतको बाबजुद पनि छायाङ्कन, अभिनय, सम्पादन र निर्देशन जस्ता संबेदनशील पाटोहरु बिचको समन्वयबाट उत्पादन भएको सिर्जनालाई नियालेर हेर्दा समग्रमा निर्माण टिम सफल देखिन्छ ।***

तपाईको प्रतिक्रिया