Deneme Bonusu Veren Siteler
बुधबार, पौष २४, २०८१
Wednesday, January 8, 2025

काठमाडौं – आजभोलिको जीवनशैलीका कारण व्यक्तिहरू बारम्बार बिरामी परिरहेका छन् । आधुनिक मानिसहरूको खानपिनको बानी परिवर्तन भएको छ । जंक फूड खाने बानीले गर्दा आधुनिक मानिसहरूको पाचनप्रणाली नै बिग्रिसकेको छ ।

पाचन राम्रो बनाउनुछ भने त्रिफला खान थाल्नुस् । यो प्रसिद्ध आयुर्वेदिक उपचार पद्धति हो । अमला, हर्रो र बर्रो मिलेर त्रिफला बन्छ । यसको सेवनले के फाइदा हुन्छ …. ?

कब्जियत
त्रिफलाले लामो समयदेखि जमेको कब्जियतबाट छुटकारा दिलाउँछ । यसले शरीरको आन्तरिक फोहरलाई बाहिर निकालेर सफा गर्छ । पाचनलाई पनि यसले सुधार गर्छ ।

मेटाबोलिजम वृद्धि
त्रिफला खाँदा मेटाबोलिजम बढ्छ र पाचनतन्त्र सही रहन्छ । राति सुत्नुअघि यसको सेवन गर्दा पेटसम्बन्धी समस्या भाग्छन् ।

रगत सफा
त्रिफला चूर्णले खाना पचेपछि बाँकी रहेका अतिरिक्त पदार्थलाई शरीरबाहिर निकाल्छ । घरिघरि बिरामी हुने मान्छेले यसको सेवन गर्नुपर्छ ।

एन्टीअक्सिडेन्ट
त्रिफलामा भएको एन्टीअक्सिडेन्ट तत्त्व स्वास्थ्यका लागि लाभदायक छ । यसको सेवन गर्दा अनुहारमा चाउरी पर्न पाउँदैन । -एजेन्सी

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया