Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं – सुनसरीको धरान उपमहानगरपालिकामा अझै मतगणना सुरु हुन सकेको छैन । गएरातिबाट स्थगित भएको मतगणना सर्वदलीय बैठक निष्कर्षमा पुग्न नसक्दा सुरु हुन नसकेको हो ।

माओवादी केन्द्रसहितको गठबन्धनले पुनः मतगणनाको माग गरेपछि गणनाकार्य स्थगित भएको थियो । उसले पुरै मतगणना हुनुपर्ने माग गर्दै प्रदर्शन गरिरहेको छ । धरानका सहायक निर्वाचन अधिकृत गणेश खतिवडाले माओवादी केन्द्रसहितको गठबन्धनले पुनः पुरै मतगणनाको माग गरेको भन्दै त्यो सम्भाव नभएको जानकारी दिनुभयो । उहाँले अहिले पनि छलफल जारी रहेको र छलफलमा सहमतिको प्रयास भइरहेको बताउनुभयो ।

सोमबार बेलुका धरान ९ को मत ‘टोटलिङ’ गर्ने क्रममा संघीय समाजवादी फोरम नेपालका उपमेयरका उमेदवारको मत नेकपा मालेका उमेदवारको पक्षमा राखेको तथा ११ नम्बर वडाको मत एमालेका उमेदवारको नाममा ‘इन्ट्रि’ गरेको भन्दै विवाद सुरु भएको थियो ।

 

तपाईको प्रतिक्रिया