Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं – कैलालीको भजनी त्रिशक्ति नगरपालिकामा माओवादी केन्द्र विजयी भएको छ । मेयरमा माओवादीका शेरबहादुर चौधरी ५ हजार २ सय २८ मत ल्याएर विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी फोरम लोकतान्त्रीकका केवल चौधरीले ५ हजार २५ मत पाउनुभयो ।

उपमेयरमा माओवादीका छाया देवकोटा ५ हजार ८ मत ल्याएर विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी फोरम लोकतान्त्रीकका धनबासी चौधरीले ४ हजार ३ सय ७८ मत ल्याउनुभयो । कैलालीका १३ वटा स्थानीय तहमध्ये अब तीनवटाको मत परिणाम आउन बाँकी छ ।

मतगणना भैरहेको धनगडी उपमहानगरपालिकामा स्वतन्त्र, लम्कीचुहा नगरपालिकामा एमाले र घोडाघोडी नगरपालिकामा माओवादी केन्द्रको अग्रता छ ।

तपाईको प्रतिक्रिया