Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं – दाङको लमही नगरपालिकाको मेयरमा नेकपा एमाले र उपमेयरमा नेपाली कांग्रेस उम्मेदवार निर्वाचित भएका छन् । मेयरमा एमालेका कुलबहादुर केसी कांग्रेसका मेयर उम्मेदवार जोगराज चौधरीलाई ८३ मतले हराउँदै निर्वाचित हुनु भएको हो ।

मेयरमा निर्वाचित केसीलाई ५ हजार १ सय ५२ र निकटतम प्रतिद्धन्दी काँग्रेसका चौधरीलाई ५ हजार ६९ मत प्राप्त भएको थियो । तर उपमेयरमा भने नेपाली काँग्रेसकी देवका बेलवासेले १८२ मतान्तरले विजयी हुनु भएको छ । बेलवासेले ५ हजार १५ मत प्राप्त गर्नुभयो भने उहाँसँग पराजित एमालेकी मिना गुरुङले ४ हजार ८ सय ३३ मत प्राप्त गर्नु भएको निर्वाचन अधिकृत चन्द्र बहादुर सिंजालीले जानकारी दिनुभयो ।

लमहीमा माओवादी केन्द्रलाई मेयरमा ४ हजार ८२ र उपमेयरमा ४ हजार ४२ मत प्राप्त भएको छ । लमहीमा सुरूदेखि नै काँग्रेसले अग्रता लिएको भए पनि अन्तिममा आएर एमोलेले मेयरमा अग्रता साथ विजय प्राप्त गरेको हो। लमहीका ९ वटा वडा मध्ये १ र ५ मा एमाले , ३ मा माओवादी केन्द्र र अन्य सबै वडाहरू नेपाली काँग्रेसले जितेको छ।

तपाईको प्रतिक्रिया