Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

ओखलढुंगा – ओखलढुंगाका आठ स्थानीय तहमध्ये चार स्थानीय तहसहित ३८ वडा जितेर नेपाली काँग्रेस पहिलो शक्ति बनेको छ । कांग्रेसले चारवटामा प्रमुख उपप्रमुख दुवै, एउटामा उपप्रमुखसहित बहुमत वडा जितेर पहिलो शक्ति बनेको हो ।

नेकपा एमाले दुईमा प्रमुख उपप्रमुख, एकमा प्रमुख र एकमा उपप्रमुखसहितका २७ वडा जितेर दोस्रो शक्ति बनेको छ भने नेकपा माओवादी केन्द्र १० वडा र एक प्रमुख जितेर तेस्रो स्थानमा रहेको छ ।

कहाँ कसले जिते ?

नेपाली कांग्रेसले मानेभञ्ज्यांग गाउँपालिकामा प्रमुख, उपप्रमुखसहित १० मध्ये ७ वडा जितेको छ । यहाँ कांग्रेसका मोतिराज राई र उपप्रमुख सविता राई विजयी भएका छन् । सुनकोसी गाउँपालिकामा पनि कांग्रेसले प्रमुख र उपप्रमुख नै जितेको छ । रुद्र अधिकारी प्रमुख र दुर्गा तामांग उपप्रमुख विजयी भएका छन् । यो गाउँपालिकामा पनि कांग्रेसले १० मध्ये ६ वडा जितेर बहुमतमा छ ।

खिजीदेम्वा गाउँपालिकामा कांग्रेसका वेदबहादुर रोक्का र सुशिला तामांग विजयी भए । यहाँका ९ मध्ये पाँच वडामा कांग्रेसले जित हात पारेको छ ।  चम्वादेवी गाउँपालिकामा पनि कांग्रेसका नवराज केशी र निर्मलादेवी रैका विजयी भएका छन् । यो गाउँपालिकामा पनि कांग्रेसले १० मध्ये ६ वडा जितेको छ । यो संगै नेपाली कांग्रेसले ३८ वडा जितेको छ ।

नेकपा एमालेले सदरमुकाम समेत रहेको सिद्धिचरण नगरपालिकाको मेयर र उपमेयर जितेको छ । जिल्ला अध्यक्ष मोहनकुमार श्रेष्ठ प्रमुख र इच्छाकुमारी गुरुङ उपप्रमुख बनेका छन् । एमालेले १२ मध्ये ७ वडा जितेर बहुमतमा रहेको छ । त्यस्तै लिखु गाउँपालिकामा एमालेका गोविन्दबहादुर पौडेल प्रमुख र शान्ता ढुंगेल उपप्रमुख विजयी भएका छन् ।

यो गाउँपालिकामा एमालेले ८ मध्ये ४ ओटा वडा जितेर बहुमतमा छ । त्यस्तै मोलुगं गाउँपालिकामा पनि एमालेले प्रमुख पदमा जित निकालेको छ । मोलुंगमा एमालेले ३ वडा जितेको छ । चिखंखुगढी गाउँपालिकामा एमालेले उपप्रमुमा सुष्मा राई विजयी भएकी छिन् भने ३ वडामा एमालेले जितेको छ ।  एमालेले मानेभञ्ज्यांगमा एक, चम्पादेवीमा एक, सुनकोसीमा ४ वटा वडामा जित हात पारेको छ ।

योसँगै एमालेले २७ वडा जितेको छ ।  माओवादी केन्द्रले चिसंखुगढीमा प्रमुखमा निशान्त शर्मा विजयी भए । यहाँ प्रमुखसहित ३ वडा, सिद्धिचरण नपा मा १, मोलुंगमा १, मानेभञ्ज्यांग १, चम्पादेवी ३ र लिखुमा १ गरी १० वडामा जित हात पारेको छ ।

तपाईको प्रतिक्रिया