Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं — मंगलबार बिहानसम्म २७२ स्थानीय तहको नतिजा आएको छ । अब मात्र ६२ स्थानीय तहको नतिजा आउन बाँकी रहेको छ । गत असार १४ गते प्रदेश नम्बर १,५ र ७ का ३३४ स्थानीय तहमा दोस्रो चरणको निर्वाचन भएको थियो ।

अहिलेसम्मको नतिजा अनुसार नेकपा एमाले शीर्ष स्थानमा रहेको छ । एमालेले घोराही उपमहानगरपालिका सहित ११९ स्थानीय तह जितिसकेको छ भने नेपाली कांग्रेसले पनि स्थानीय तह निर्वाचनको जारी मत गणनामा जित शतक कटाएको छ ।

यो समाचार तयार पार्दासम्म कांग्रेसले १०२ स्थानीय तह जितेको छ। यस्तै नेकपा माओवादी केन्द्रले ३४ स्थानीय तह जित्दा संघीय समाजवादी फोरम र फोरम लोकतान्त्रिकले क्रमशः ६ र ५ स्थानीय तह जितेका छन् ।

यसैगरी राप्रपाले ३ , जनमोर्चाले २ र स्वतन्त्रले १ स्थानीय तह जितेका छन् ।

तपाईको प्रतिक्रिया