उदयपुर – उदयपुरको कटारी नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । एमालेका मेयरका उमेदवार ज्ञानेन्द्र श्रेष्ठ (काजी) ६९०९ मत प्राप्त गरी विजयी हुनुभएको हो । नेपाली कांग्रेसका ज्ञानेन्द्र मानसिंह राउतले ६७३५ मत प्राप्त गर्नुभयो ।
यस्तै उपमेयरमा एमालेकै भीमकुमारी राउतले ७५१७ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी निर्मला कार्कीले ५८८७ मत प्राप्त गर्नुभएको छ ।