Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

बाँके – बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा राप्रपाका   महामन्त्री डा. धवल शम्शेर राणा विजयी हुनुभएको छ ।  मंगलबार बिहान सार्वजनिक अन्तिम परिणाम अनुसार राणा १२ हजार ५१५ मत प्राप्त गरी मेयरमा विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डा. सुरेश कनोडियाले ८ हजार ७३० मत प्राप्त गर्नुभएको छ । यस्तै नेकपा माओवादी केन्द्रका दामोदर आचार्यको ७ हजार १९८ , एमालेका सम्सुद्दिन सिद्दिकीको ६ हजार ९६५ र फोररम नेपालका कमरुद्दिन राईको ५ हजार ४४१ मत रहेको छ ।

यसैगरी उपमेयरमा नेपाली कांग्रेसका उमा थापा मगर १० हजार ७३१ मत प्राप्त गरी बिजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी राप्रपाका रमारानी वैश्यले ८ हजार ९२४ मत प्राप्त गर्नुभयो ।

यस्तै एमालेका शान्ति ढकालले ७ हजार ७७३ र माओवादी केन्द्रका कलामुन अन्सारीले ७ हजार ६७ मत पाउनुभएको छ ।  नेपालगन्जका २३ वडा मध्ये ८ वटा कांग्रेस, ६ वटा एमाले, ४ वटा माओवादी केन्द्र, ३ वटा राप्रपा र २ वटा फोरम नेपाल विजयी भएका छन् ।

तपाईको प्रतिक्रिया