Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

बाँके  – बाँकेको बैजनाथ गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका मानबहादुर रुचाल ९ हजार ७ सय ७२ मत र उपाध्यक्षमा एमालेकी शारदा विक ९ हजार ७ सय ३८ मत प्राप्त गरि विजयी हुनुभयो ।

अध्यक्षमा कांग्रेसका देबहादुर खत्रीले ६ हजार ५ सय ५० र उपाध्यक्षमा भावना चौधरीले ७ हजार ३ सय ६६ मत पाउनुभयो ।  यस्तै अध्यक्षमा माओवादी केन्द्रका राजमोहन चौधरीले ५ हजार ३६३ र उपाध्यक्षमा जानकी विकले ४ हजार ३६५ मत पाउनुभयो ।

८  वडा मध्ये १ देखि ६ सम्म एमाले र ७ तथा ८ मा कांग्रेस विजयी भएको छ । बाँकेमा अहिलेसम्म घोषितमध्ये डुडुवा र राप्ती सोनारीमा कांग्रेस र नरैनापुरमा संघीय समाजवादी फोरम विजयी भइसकेको छ ।

४ तहमध्ये नेपालगञ्जमा राप्रपा, कोहलपुर नगरपालिका, खजुरा र जानकी गाउँपालिकामा एमालेको अग्रता रहेको छ ।

तपाईको प्रतिक्रिया