काठमाडौं – मोरङको विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले आफ्नो अग्रता कायमै राखेको छ । कांग्रेसका तर्फबाट मेयरका उमेदवार भीम पराजुलीले ६३४३ मत प्राप्त गर्नु भएको छ ।
एमालेका विनोद ढकालले ४३९१ मत प्राप्त गर्नु भएको छ भने संघीय समाजबादीका उमेशकुमार यादवबको ३९०७ मत प्राप्त गर्नु भएको हो । विराटनगरमहानगरमा १ लाख १२ हजार ८३२ मतदाता छन् ।
विराटनगर महानगरमा ११९ मतदान केन्द्र तोकिएको थियो । मोरङमा ७० प्रतिशत मतदान भएको छ ।