काठमाडौं – कैलालीको धनगढी उपमहानगरपालिकामा आइतबारदेखि रोकिएको मतगणना दिउँसो २ बजेबाट सुरु हुने भएको छ । मतदान गरिएको दिन उठाएको मुचुल्का सिलबन्दी गरिएकाले त्यसलाई भिडाएर हेर्न समय लाग्ने भएकाले मत गणना सुरु गर्ने र मुचुल्का उपलब्ध गराउने प्रक्रिया पनि सँगसँगै अघि बढाउने सहमति भएपछि मतगणना हुने भएको हो ।
आइतबार १७ नम्बर वडाको मतगणना गर्ने क्रममा एउटा बुथमा मुचुल्का भन्दा ३ वटा मतपत्र बढी भेटिएपछि मतदान केन्द्रमा सिलबन्दी गरिएको मुचुल्का भिडाउनुपर्ने माग गर्दै दलका प्रतिनिधी मतगणना स्थलबाट बाहिरिएका थिए । मतपेटिकको सिल दुरुस्त रहेको अवस्थामा मतपेटिकामा भेटिएका मत नै सदर ठहर्याइ गन्नका लागि निर्वाचन आयोगले यसअघि नै निर्देशन दिइसकेको छ ।
धनगढीमा कांग्रेसका उम्मेदवार अग्रस्थानमा हुनुहुन्छ । अहिलेसम्म धनगढीमा १३ हजार भन्दा बढी मत गणना भैसकेको छ ।