अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा कांग्रेस विजयी भएको छ । सन्धिखर्क नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका कमलप्रसाद भुषाल ८ हजार ३ सय ३ मत ल्याएर विजयी हुनु भएको हो ।
उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका कृष्णप्रसाद श्रेष्ठले ७ हजार १ सय २७ मत प्राप्त गर्नुभयो । उपमेयरमा नेकपा माओवादीका ठाकुर बिक ७ हजार १ सय २७ मतका साथ विजयी हुनु भएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका ईश्वरा पोख्रेलले ६ हजार ४ सय ४ मत प्राप्त गर्नुभयो ।