ओखलढुंगा – ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा कांग्रेसका मोतिराज राई ३ हजार ८ सय ६३ मत ल्याएर विजयी हुनु भएको हो ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रुपलाल तामाङले २ हजार ५ सय ६२ मत ल्याउनुभयो । उपाध्यक्षमा कांग्रेसकी सविता राई ४ हजार ३५ मतल्याएर विजयी हुनुभयो ।
एमालेकी भावना राईले २ हजार १ सय ५६ मत पाउनुभयो । अब ओखलढुंगाका मोलुङ र लिखु गाउँपालिकाको मत परिणाम आउन बाँकी छ । दुवैमा एमालेले अग्रता लिएको छ ।