Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक ०६, २०८१
Tuesday, October 22, 2024

बाँके – बाँकेको राप्ती–सोनारी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।

गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका लाहुरराम थारुले ८ हजार २ सय ३६ मत ल्याउनुभएको छ भने उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेका तुलसी राम थारुले ६ हजार ९ सय मत ल्याउनुभएको छ ।

भने माओवादी केन्द्रका पट्टु थारुले ६ हजार ७ सय मत पाउनुभयो ।  उपमेयरमा पनि नेपाली कांग्रेसकाी धनीकुरमारी खत्रीले ८ हजार २ सय ३ मत प्राप्त गरी विजय हुनुभएको निर्वाचन अधिकृत माधव शर्माले जानकारी दिनुभयो ।

उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेका चमेली बागबलले ६ हजार ९ सय २४ मत ल्याउनुभएको छ । माओवादी केन्द्रका आश्मानी पुनले ६ हजार ५ सय २९ मत प्राप्त गनुभयो ।

राप्ती सोनारी गाउँपालिकाको ९ वडा मध्ये कांग्रेसले १, ३, ४, ८ र ९ , माओवादी केन्द्रले ५, ६ र ७ तथा एमाले २ नम्बर वडामा विजय प्राप्त गरेको छ ।

तपाईको प्रतिक्रिया