Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक ०६, २०८१
Tuesday, October 22, 2024

काठमाडौं – स्थानीय तह दोस्रो चरणको निर्वाचनको आधाभन्दा बढी स्थानीय तहको नतिजा सार्वजनिक भएको छ। ३३४ स्थानीय तहमा गत बुधबार भएको निर्वाचनमा आइतबार बिहान ९ बजेसम्म १७१ स्थानको नतिजा आइसकेको छ।

आधा स्थानीय तहको नतिजा सार्वजनिक भइसक्दा एमालेले आफ्नो अग्रता कायमै राखेको छ। एमालेलाई कांग्रेसले पछ्याइरहेको छ।

प्राप्त मतपरिणाम अनुसार एमालेले अहिलेसम्म ७८ स्थानमा जित हासिल गरेको छ। नेपाली कांग्रेस ६६ स्थानमा जित हासिल गर्दै एमालेलाई पछ्याइरहेको छ। माओवादी केन्द्र २३ स्थानमा विजयी भएको छ।

यस्तै, राष्ट्रिय जनमोर्चाले २, संघीय समाजवादी फोरम नेपाल १ तथा फोरम लोकतान्त्रिक १ स्थानमा जित हासिल गर्न सफल भएका छन्।

दोस्रो चरणको निर्वाचनमा एकमात्र महानगर विराटनगरमा कांग्रेसको अग्रता कायमै रहेको छ। ७ उपमहानगरमा मिश्रित अग्रता छ। धनगढीमा कांग्रेसले अग्रता लिएको छ। बुटवल, तुलसीपुर र घोराही र धरान उपमहानगरपालिकामा एमालेको अग्रता छ। नेपालगन्ज उपमहानगरमा भने राप्रपाले अग्रता लिइरहेको छ।

बुधवार तीन प्रदेशका ३३४ स्थानीय तहमा निर्वाचन भएको थियो। बाँकी रहेको प्रदेश २ असोज २ गतेका लागि निर्वाचन तय भएको छ।

तपाईको प्रतिक्रिया