Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक ०६, २०८१
Tuesday, October 22, 2024

प्युठान – प्युठानको स्वर्गद्वारी नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमाले विजयी भएको छ । एमालेका नेत्रबहादुर रोकाय मेयरमा ४ हजार ५ सय ९८ मत र उपमेयरमा गोमा रेग्मी ३ हजार ६ सय ४५ मत ल्याएर विजयी हुनुभएको हो ।

माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको गठबन्धनबाट मेयरका उम्मेदवार जनमोर्चाका वीरबहादुर पुनले ४ हजार ४ सय ५८ र उपमेयरका उम्मेदवार माओवादी केन्द्रका दुर्गा रेग्मीले ३ हजार ३ सय ७० मत प्राप्त गर्नुभयो ।

नेपाली कांग्रेसका मेयर उम्मेदवार टेकप्रसाद भण्डारीले २ हजार ९ सय ६६ र उपमेयरका उम्मेदवार बाली खड्काले २ हजार ४ सय ६१ मत प्राप्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया