Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक ०६, २०८१
Tuesday, October 22, 2024

दाङ – दाङको दंङगीशरण गाउँपालिकामा एमाले विजयी भएको छ । उपाध्यक्ष कांग्रेसले जितेको छ । अध्यक्षमा एमालेका उम्मेदवार भागिराम चौधरीले ३ हजार १ सय ६१ मत ल्याएर जित्नुभएको हो ।

कांग्रेसका अध्यक्षका उम्मेदवार यज्ञनारायण आचार्यले २ हजार ८ सय ४१ मत ल्याउनुभयो ।   उपाध्यक्षमा विजयी कांग्रेसका पिमा खड्काले २ हजार ९ सय ६७ र निकटतम प्रतिस्पर्धी एमालेका उपाध्यक्ष सीमा न्यौपानेले २ हजार ९ सय ४१ मत ल्याउनुभयो ।

उहाँहरु बिचको मतअन्तर २६ मात्रै रह्यो । यसअघि दाङको गढवा गाउँपालिकामा एमाले विजयी भइसकेको छ ।

तपाईको प्रतिक्रिया