Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक ०६, २०८१
Tuesday, October 22, 2024

बैतडी – बैतडीको पाटन नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । नगरपालिकाको मेयरमा पूर्व सहायक मन्त्रीसमेत रहनु भएका केशवबहादुर चन्द विजयी हुनुभएको छ ।

उहाँले ४ हजार ८ सय ३३ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका नरेश बिकले ३ हजार ३ सय ८२ मत प्राप्त गर्नुभयो । यस्तै उपमेयरमा पनि कांग्रेसकै सरस्वती कोली ३ हजार ६ सय ९५ मतसहित विजयी हुनुभयो ।

एमालेकी दुरा भट्टराईले ३ हजार ४ सय ५६ मत प्राप्त गर्नुभयो ।  पाटन नगरपालिकाको वडा नम्बर २, ६ र ८ कांग्रेस, १, ३ र ४ माओवादी तथा ७, ९ र १० एमाले विजयी भयो ।

तपाईको प्रतिक्रिया