Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक ०६, २०८१
Tuesday, October 22, 2024

बाँके – बाँकेको डुडुवा गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । प्रमुखमा कांग्रेसका नरेन्द्र चौधरी र उपप्रमुखमा सायदा बानू विजयी हुनुभएको हो । चौधरीले ४६९१ र बानूले ४३१५ मत प्राप्त गरि विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिष्पर्धी फोरम नेपालका प्रमुखका उम्मेदवार बिजय यादव ४१९२ र उपप्रमुख जविदा खातुनले चार हजार ११४ मत पाउनुभयो ।  एमालेका प्रमुखका उम्मेदवार शकिल खानले हजार ४६६ र उपप्रमुख कृष्णवती पाण्डेले एक हजार ४७० मत पाउनुभयो ।

बाँकेका ८ स्थानीय तहमध्ये अझै ६ वटाको परिणाम आउन बाँकी छ ।  नेपालगन्ज उपमहानगरपालिकामा राप्रपाको अग्रता छ । कांग्रेसले कोहलपुर नगरपालिका, र  राप्तीसोनारी गाउँपालिकामा अग्रता लिएको छ ।

एमाले बैजनाथ र खजुरा  गाउँपालिकामा  अगाडि  छ । माओवादी केन्द्रले जानकी गाउँपालिकामा अग्रता लिएको छ । नरैनापुरमा भने संघीय समाजवादी फोरम नेपाल विजयी भइसकेको छ ।

तपाईको प्रतिक्रिया